scheduleआइतवार चैत्र २३ गते, २०७६

कोरोना भाइरसः एक कोरियाली शहरका बासिन्दालाई घरभित्रै बस्न भनियो

एजेन्सी, ८ फाल्गुन । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढेपछि दक्षिण कोरियाको एक शहरका बासिन्दालाई घरभित्रै बस्न आग्रह गरिएको छ ।

दक्षिण कोरियाली शहर डायगुका मेयरले शहरका बासिन्दालाई घरबाहिर ननिस्कन भनेका छन् । मेयर क्वोङ योङ जिङले टेलिभिजनमार्फत् एक पत्रकार सम्मलेन गरी यस्तो आग्रह गरेका हुन् ।

Dish_Home

डायगुमा २५ लाख मानिस बस्छन् । उक्त शहरसहित नजिकै रहेका अन्य शहरमा बिहीबार मात्रै कोरोना भाइरसबाट थप ३५ जना संक्रमित भएका छन् । संक्रमितको संख्या बढेपछि मेयर जिङले शहरका बासिन्दालाई भित्रै बस्न आग्रह गरेका हुन् ।

भाइरसबाट संक्रमित नयाँ बिरामीमध्ये २८ जना चर्चमा गएको र त्यही आएका एक बिरामीबाट भाइरस सरेको दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरूले बताएका छन ।

हालसम्म दक्षिण कोरियामा कोरोना भाइरसबाट ८२ संक्रमित भएका छन् ।

यता कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या २१०० नाघेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । गत मंगलबार एकै दिनमा सो भाइरसका कारण १३७ व्यक्तिको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या दुई हजार नाघेको हो ।

मङ्गलबार प्राप्त एक समाचारका अनुसार यस भाइरसबाट चीनभरीमा संक्रमित हुने व्यक्तिको सङ्ख्या ७६ हजार नाघेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय