scheduleसोमवार चैत्र २४ गते, २०७६

‘कट, कपी र पेस्ट’ आविष्कार गर्ने कम्प्युटर वैज्ञानिक टेस्लरको निधन

एजेन्सी, ८ फाल्गुन । कम्प्युटरमा पहिलो पटक ‘कट, कपी र पेस्ट’ कमाण्ड आविष्कार गर्ने अमेरिकी कमप्युटर वैज्ञानिकको निधन भएको छ ।

अमेरिकी वैज्ञानिक लरेन्स ल्यारी टेस्लरको सोमबार निधन भएको हो । जेरेक्स कम्पनीले आफ्नो ट्विटरमार्फत टेस्लरको ७४ वर्षको उमेरमा निधन भएको जानकारी गराएको छ ।

Dish_Home

‘कट, कपी, पेस्ट, फाइन्ड एण्ड रिप्लेससहित विभिन्न कमाण्डका आविष्कारक तथा जेरेक्सका पूर्व अनुसन्धानकर्ता ल्यारी टेस्लरको निधन भएको छ’, कम्पनीले ट्विटरमा लेखेको छ ।

टेस्लरले उक्त कम्पनीमा समेत काम गरेका थिए । सो क्रममा उनले विभिन्न नवीन विचारहरू अघि सारेका थिए ।

टेस्लर विश्वकै चर्चिच कमप्युटर वैज्ञानिक हुन् । उनले मानव र कम्प्युटरबीचको अन्तर्क्रियासम्बन्धी विषयमा लामो खोज र अनुसन्धान गरेका छन् । उनले विभिन्न आविष्कार गरेका छन् । जसमध्ये कमप्युटरमा व्यापक प्रयोग हुने ‘कट, कपी र पेस्ट’ (cut, copy and paste) कमाण्ड पनि पर्छ ।

टेस्लरले १९८० मा एप्पलमा पनि काम गरेका थिए । उनले उक्त कम्पनीमा १७ गर्ष बिताएका थिए । १९९४ मा जन्मेका उनले याहु र अमेजनमा पनि काम गरेका थिए । 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय