scheduleबिहिवार चैत्र २७ गते, २०७६

अडियो प्रकरणः सञ्चारमन्त्री बाँस्कोटाले प्रधानमन्त्रीलाई राजीनामा पत्र बुझाए

काठमाडौं, ८ फाल्गुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिइसकेको बताएका छन्।

सभामुख अग्नि सापकोटाले प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुलाई बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पठाइसकेको जानकारी गराएका हुन् ।

Dish_Home

‘औपचारिक पत्र त आउने नै छ । मलाई अनौपचारिक रुपमा जानकारी भएअनुसार सम्बन्धित मन्त्रीले राजीनामा दिइसक्नु भएको छ’, सापकोटाले भने, ‘सरकारको ध्यानाकर्षण पनि भइसकेको छ ।’

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बाँस्कोटाको राजीनामाको माग गर्दै नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरुद्ध गरेको थियो ।

सञ्चार मन्त्री बाँस्कोटाको विवादास्पद अडिओ सार्वजनिक भएपछि प्रधानमन्त्रीले जानकारी लिन उनलाई बालुबाटार बोलाएर छलफल गरेका थिए ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले सदनमा जानकारी गराउँदै भने, ‘मन्त्री बाँस्कोटाले राजीनामा बुझाइसक्नु भएको छ।’

उनले सदनमा भनेका छन् – अनौपचारिक रूपमा राजीनामा गरेको जानकारी प्राप्त भएको छ।

मन्त्री बाँस्कोटाले एक स्वीस कम्पनीसँग ७० देखि ७५ करोड रुपैयाँ कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन आफूलाई दिन बार्गेनिङ गर्दै गरेको अडिओ टेप सार्वजनिक भएको थियो।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय