scheduleबिहिवार चैत्र २० गते, २०७६

बाँस्कोटाको राजीनामा स्वीकृत, सञ्चारको जिम्मा अर्थमन्त्रीलाई

काठमाडौं, ८ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको राजीनामा स्वीकृत भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बास्कोटाले दिएको राजीनामा स्वीकृत गरी सञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्री डा. युवराज खतिवडा र शहरी विकास मन्त्रालयको जिम्मा भौतिक पूर्वाधारमन्त्री बसन्तकुमार नेम्वाङलाई दिइएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ।

Dish_Home

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकियामा कमिसनको विषयमा अडियो सार्वजनिक भएपछि बास्कोटाले बिहीबार नै प्रधानमन्त्रीलाई राजीनामा बुझाएका थिए ।

 राष्ट्रपति कार्यालयको विज्ञप्तिः

आज मिति २०७६ साल फागुन ८ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्का माननीय सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्री गोकुलप्रसाद वाँस्कोटाले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आफ्नो पदबाट राजीनामा दिनुभएकोले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा निजले सम्हाल्दै आउनुभएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार माननीय अर्थमन्त्री डा. युवराज खतिवडाले र सहरी विकास मन्त्रालयको कार्यभार माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ्‌गले सम्हाल्ने गरी तोक्नु भएको छ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय