scheduleबिहिवार चैत्र २७ गते, २०७६

युरोपा लिगः पराजित हुनबाट जोगियो म्यानचेस्टर युनाइटेड

काठमाडौँ, ९ फाल्गुन । गएराति भएको युरोपा लिगमा म्यानचेस्टर युनाइटेड क्लब ब्रुगीसँग पराजित हुनबाट जोगिएको छ । क्लब ब्रुगीको घरेलु मैदानमा भएको खेलमा म्यानुले एकएक गोलको बराबरीमा रोक्न सफल भएको छ । खेलको १५ औँ मिनेटमा क्लब ब्रगुका लागि इमानुयल डेनिसले गोल गर्दै अग्रता दिलाएका थिए ।

तर म्यानुका लागि एन्थोनी मार्सलले खेलको ३६ औँ मिनेटमा बराबरी गोल फर्काए । म्यानुलाई अवे गोलको फाइदा भएको छ । म्यानुको घरेलु मैदानमा कस्तो खेल प्रदर्शन गर्ने हो त्यो भने चासोको विषय बनेको छ ।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय