scheduleबिहिवार चैत्र २७ गते, २०७६

‘टोटनहमले खेलमा सुधार ल्याउनुबाहेक अन्य विकल्प छैन’

काठमाडौँ, ९ फाल्गुन । टोटनहमका स्टार खेलाडी लुका मौउराले क्लबभित्रको माहौलबारे प्रतिक्रिया दिएका छन् । मिडिया रिपोर्टका अनुसार उनले क्लबभित्र खेलाडी घाइते भएपछि अन्य खेलाडीहरुको मनोबल कमजोर भएको बताएका छन् ।

च्याम्पियन्स लिगमा लिइपजिंग पराजित भएपछि टोटनहमको व्यापक आलोचना भइराखेको छ । प्रशिक्षक जोसे मोउरिन्होले पनि आफुले हरसम्भव प्रयास गरेको तर, मुख्य खेलाडीको अभावमा क्लब कमजोर देखिएको प्रतिक्रिया दिएका छन् ।

Dish_Home

लुकास मौउराले टोटनहम समस्यामा रहेको तर, यसको हाललाई अर्को विकल्प पनि नरहेको बताएका छन् ।

खेलाडीको अभावलाई लिएर कराउनुभन्दा पनि खेल सुधारका लागि ध्यान दिनु आवश्यक रहेको उनले बताएका छन् । च्याम्पियन्स लिगमा नतिजा उल्टाउन पनि टोटनहमले उत्कृष्ट खेल खेल्नुपर्ने बताएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय