scheduleआइतवार चैत्र २३ गते, २०७६

आईसीसी महिला टि–२० विश्वकप क्रिकेट : भारत र अष्ट्रेलिया भिड्दै

काठमाडाैं, ९ फागुन । आईसीसी महिला टि–२० विश्वकप क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ । अष्ट्रेलियामा सुरु हुन लागेको प्रतियोगिताको उद्दघाटन खेलमा भारत र अष्ट्रेलियाबीच प्रतिष्पर्धा हुनेछ ।

दिउँसो पौने १ बजेबाट सिड्नीमा सुरु हुने खेलमा डिफेन्डिङ च्याम्पियन अष्ट्रेलिया घरेलु मैदानमा उपाधिको सबैभन्दा प्रमुख दाबेदार मानिएको छ । अष्ट्रेलियाले चार पटक महिला टि–२० विश्वकपको उपाधि जितिसकेको छ ।

Dish_Home

इंग्ल्याण्ड भने दोस्रो उपाधिको खोजिमा रहेको छ । थाइल्याण्ड भने छनोट चरण पार गरेर पहिलो पटक मुख्य प्रतियोगितामा स्थान बनाउन सफल भएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय