scheduleशनिवार चैत्र २२ गते, २०७६

सोनभद्र पहाडमा ठूलो सुन खानी, ३ हजार टन सुन रहेको पुष्टि

एजेन्सी, ९ फाल्गुन । भारतको उत्तर प्रदेशमा सुनको ठूलो भण्डार फेला परेको छ ।

उत्तर प्रदेशको सोनभद्रस्थित पहाडी इलाकामा सुनको ठूलो भण्डार भेटिएको भारतीय समाचार माध्यमले जनाएका छन् । पहाडभित्र ३ हजार टन सुनको भण्डार फेला परेको समाचारमा उल्लेख गरिएको छ ।

Dish_Home

पहाडभित्र सुनको भण्डार फेला परेपछि लिलामी प्रकृया समेत अघि बढाइएको छ । केही समयभित्रै सुन खानी रहेका स्थानलाई लिलामी गरिने समाचारमा उल्लेख छ । यसका लागि ७ सदस्यीय टोली पनि गठन गरिएको छ ।

सन् २००५ मा सोनभद्र क्षेत्रमा भारतको जियोलोजिकल सर्वे अफ इन्डियाको टोलीले अध्ययन गरेको थियो । अध्ययनपछि उक्त क्षेत्रमा सुन खानी रहेको पुष्टि २०१२ मा गरिएको थियो । तर खानी उत्खनन कार्य भने हालसम्म गरिएको छैन ।

तर अब प्रदेश सरकारले तीव्रगतिमा सुन खानी उत्खननको प्रकृया सुरु गर्ने भएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय