scheduleबिहिवार चैत्र २० गते, २०७६

प्रचण्ड भन्छन्- कम्युनिष्टहरूले आफैंलाई सिध्याउने रहेछन्

काठमाडौं, ९ फाल्गुन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीका लागि खतराका संकेत देखिएको बताएका छन्।

शुक्रबार भक्तपुरमा आयोजित  एक कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । ‘हामीले चाहे सोभियत संघको कुरा भनौं वा पूर्वी युरोपको कुरा, यस्ता परिघटना हामीले देख्यौं,’ उनले भने, ‘यसो हेर्दा हाम्रो पनि नियति त्यता जाने खतराका संकेत अहिले भइसकेका भन्या होइन, मेरो भनाइलाई बढी नबुझियोस् तर सङ्केत त त्यति राम्रा देखिएनन्। आजभोलि यसो घटनाहरू हेर्‍यो मान्छेहरू त बिग्रिने-बिग्रिनेतिर गएजस्तो देखिएको छ।’

Dish_Home

प्रचण्डले कम्युनिष्ट पार्टीहरू सत्ता प्राप्त गरिसकेपछि संस्कृतिक तथा वैचारिक विचलन आउने गरेको पनि बताए । ‘कम्युनिष्ट पार्टी सत्तामा नहुँदा, आन्दोलनमा हुँदा, क्रान्तिमा हुँदा, निकै ठूलो त्याग गर्न सक्ने, तपस्या गर्न सक्ने, जनतासँग घुलमिल हुनसक्ने, जनता जहाँ बस्छन् त्यही बसेर खाएर जनताको मन जित्नचाहिँ सक्ने र नभएको सत्ता प्राप्त गर्न सक्ने कम्युनिष्ट पार्टीले सत्ता प्राप्त गरिसकेपछि कहिँ न कहिँ त्यो आदर्शबाट विचलित हुने गरेका थुप्रै पात्रहरु विश्व इतिहासमा छन्,’ प्रचण्डले भने ।

‘नेपाली इतिहासमा पनि त्यसका संकेत र लक्षणहरु देखिने गरेका छन्। सत्तामा भइसकेपछि पद प्रतिष्ठा लोभ लालचा विभिन्न किसिमका विसंगति, विकृति भ्रष्टाचारजन्य कियाकलाप देखिन थालेका छन्’, प्रचण्डले थपे ।

त्यस्तै कम्युनिष्टहरू आदर्शबाट च्युत भएपछि आफैंलाई सिध्याउनतिर लाग्ने गरेको पनि प्रचण्डको भनाइ थियो । ‘कम्युनिष्टहरू आफ्नो आदर्शबाट च्युत भएपछि, आफ्नो उद्देश्य र वैचारिक निष्ठाबाट विचलित भएपछि पुँजीपति पनि चाहिँदो रहेनछ, सेना पनि चाहिँदो रहेनछ, बन्दुक पनि चाहिँदो रहेनछ। आफैंले आफैंलाई सिध्याउँदा रहेछन्,’ उनले भने।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा एउटा कमिसन काण्डमा मुछिएर राजीनामा दिएको भोलिपल्ट नेकपा अध्यक्ष प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन्।

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय