scheduleबिहिवार आषाढ़ २५ गते, २०७७

हुथीद्वारा प्रहार ब्यालिस्टिक मिसाइल साउदी अरबले आकाशमै ध्वस्त पार्‍यो

एजेन्सी, ९ फाल्गुन । यमनमा सक्रिय हुथी विद्रोहीले प्रहार गरेका कैयौं ब्यालिस्टिक मिसाइल साउदी अरबले आकाशमै राेकेर ध्वस्त (इन्टरसेप्ट) पारेकाे छ ।

साउदी अरबको शाही वायु सेनाले हुथीले प्रहार गरेका कैयौं ब्यालिस्टिक मिसाइल आकाशमै रोकेर ध्वस्त बनाएको समाचार माध्यमले जनाएका छन् ।

हुथी विद्रोहीहरूले ‘जानीजानी र व्यवस्थित रुपमा’ साउदी अरबका विभिन्न शहर र सर्वसाधारणलाई लक्षित गरी ती मिसाइल प्रहार गरेको अल अरेबियाले जनाएको छ ।

अरब गठबन्धनले एक विज्ञप्ति जारी गरी ब्यालिस्टिक मिसाइल आकाशमै रोकेर ध्वस्त पारेको जानकारी दिएको छ । हुथीहरूले ‘जानीजानी र व्यवस्थित रुपमा’ साउदी अरबका विभिन्न शहर र सर्वसाधारणलाई लक्षित गरी मिसाइल प्रहार गरेको विज्ञप्तिमा भनिएको छ ।

मिसाइल प्रहारले ‘अन्तर्राष्ट्रिय मानवीय कानुनलाई नाङ्गो रुपमा उल्लंघन गरेको’ पनि अरब गठबन्धनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गठबन्धनका प्रवक्ता टुर्की अल मलिकीले स्थानीय समय अनुसार शुक्रबार बिहान ३ बजे हुथीहरूले साउदी अरबका विभिन्न शहरलाई लक्षित गर्दै कैयौं ब्यालिस्टिक मिसाइल प्रहार गरेको बताएका छन् ।

साउदी अरबका  विभिन्न शहरलाई लक्षित गरी यमनको राजधानी सानाबाट हुथीहरूले ती मिसाइल प्रहार गरेको पनि मलिकीले बताए ।

केही वर्षयता साउदी अरबको नेतृत्वमा रहेको गठबन्धन फौज र हुथीबीच यमन युद्ध चलिरहेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय