scheduleबिहिवार चैत्र २७ गते, २०७६

ज्वाइँ र छोरीसहित सोमबार भारत आउँदै ट्रम्प, मोदीसँग इन्डो-प्यासिफिकबारे छलफल हुने

एजेन्सी, ९ फाल्गुन । अमेरिकी राष्ट्रपति आगामी सोमबार भारत आउँदैछन् । राष्ट्रपति डोनाल्ड ट्रम्प दुईदिने भ्रमणका क्रममा भारत आउन लागेका हुन् ।

ट्रम्पको भ्रमण दलमा श्रीमति तथा फर्ड लेडी मेलानिया ट्रम्पसहित उनका ज्वाइँ जरेड कुशनर र छोरी इभान्का पनि सहभागी हुँदैछन् । त्यस्तै अमेरिकाका वित्तमन्त्री स्टेभेन मनुसिन र वाणिज्यमन्त्री विलबर रोस पनि भ्रमण दलमा हुनेछन् ।

Dish_Home

फेब्रअरी २४ देखि २५ गतेसम्म हुन लागेको राष्ट्रपति ट्रम्पको भ्रमणका लागि भारत सरकारले भव्य तयारी गरिरहेको छ । सोमबार नै गुजरातकाे अहमदाबादमा ‘नमस्ते ट्रम्प’ कार्यक्रम आयोजना हुने बताइएको छ । ट्रम्पको भव्य स्वागत गर्न भन्दै उक्त कार्यक्रम आयोजना गरिएकाे हो ।

विशेष गरी गुजरातको अहमदाबादमा ट्रम्पको भ्रमण टोलीलाई भव्य स्वागत गरिने छ । अहमदाबाद विमानस्थलदेखि मोटेरा स्टेडियमसम्म झण्डै २२ किलोमिटरसम्म राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सवारी लस्कर हुनेछ ।

सवारी लस्कर हिड्ने सडकमा विभिन्न टाब्लो (इतिहास वा कथा झल्काउने मोडेल वा वस्तु) राखिने छ भने कलाकारहरूले लोक तृत्य प्रस्तुत गर्नेछन् ।

त्यस्तै ट्रम्प र मोदीले गुजरातमा बनेको विश्वकै सबैभन्दा ठूलो नवनिर्मित क्रिकेट मैदानको उद्घाटन पनि गर्ने कार्यक्रम छ । अहमदाबादमा बनेको उक्त क्रिकेट मैदानको नाम सरदार पटेल स्टेडियम राखिएको छ । उक्त मैदानमा १ लाख १० मानिस अट्न सक्छन् ।

साथै सोही क्रममा ट्रम्प र मोदी साबरमती आश्रमको भ्रमण गर्नेछन् । र लगत्तै नवनिर्मित क्रिकेट मैदानमा जानेछन् । उक्त क्रिकेट मैदानमा ‘नमस्ते ट्रम्प’ कार्यक्रम आयोजना गरिएको पनि समाचारमा बताइएको छ । झण्डै १ लाख २५ हजार मानिस सहभागी हुने उक्त कार्यक्रमलाई दुबै नेताले सम्बोधन गर्नेछन् ।

भारत आउनुपूर्व राष्ट्रपति ट्रम्पले दुबै मुलुकबीच महत्वपूर्ण व्यापार सम्झौता हुने बताएका थिए । ‘हामी भारत जाँदै छौं र महत्वपूर्ण सम्झौता हुन पनि सक्छ’, बिहीबार लास भेगासमा बोल्दै ट्रम्पले भने ।

‘हामीले सम्झौता पछि पनि गर्न सक्छौं । निर्वाचनपछि गर्न सक्छौं’, ट्रम्पले भने, ‘राम्रा सम्झौता मात्रै हामीले गर्ने छौं किनभने हामीले अमेरिकालाई पहिलो स्थानमा राखेका छौं । मानिसले मन पराऊन वा नपराऊन, हामीले अमेरिकालाई पहिलो स्थानमा (America First) राखेका छौं ।’

भ्रमणका क्रममा ट्रम्प र मोदीबीच प्रतिआतंकवादविरुद्धको सहकार्य, इन्डो प्यासिफिक क्षेत्रको सुरक्षा, रक्षा तथा व्यापार सम्बन्धको विस्तारसहित विभिन्न विषयमा छलफल हुने बताइएको छ ।

त्यस्तै राष्ट्रपति ट्रम्पले आफ्नो भ्रमणका क्रममा विभिन्न क्षेत्रका भारतीय व्यक्तित्वसँग अहमदाबाद र दिल्लीमा भेटघाट गर्नेछन् ।

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय