scheduleशुक्रवार चैत्र २८ गते, २०७६

मुख्यमन्त्रीको निष्कर्षः धर्म र संस्कृति नै विकासको मूलआधार हो


भक्तपुर, ९ फागुन । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विकासको मूल आधार नै धर्म र संस्कृति रहेको बताएका छन् । केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको ११ औं वार्षिक साधारणसभाको शुक्रबार भक्तपुरमा उद्घाटन गर्दै उनले सबै मिलेर धर्म र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री पौडेलले धर्मसंस्कृति नेपालको पहिचान र अस्तित्वसँग जोडिएकाले यसको संरक्षणको विकल्प नरहेको बताउँदै नेपालका धार्मिकस्थललाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने औंल्याए ।

भारतीय भक्तजन तथा पर्यटकलाई आकर्षण गर्ने गरी मन्दिर विकास र विस्तार गर्नुपर्ने बताउँदै उनले मन्दिरको विकासका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Dish_Home

मुख्यमन्त्रीले आजै डोलेश्वर महादेव मन्दिरको दर्शन एवं पूजा गर्नुभएको सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष एवं समितिका पूर्ववरिष्ठ उपाध्यक्ष किरण थापाले जानकारी दिए । उनले मन्दिरको गुरुयोजनानुरुप निर्माण भइरहेको बताउँदै एक वर्षभित्र मूल मन्दिर, प्रवेशद्वारलगायत संरचना निर्माण पूरा हुने जानकारी दिए । रासस

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय