scheduleशनिवार चैत्र २२ गते, २०७६

अचम्मको जीवन शैली, जहाँका मानिस नुनको घरमा बस्छन् र नुन नै खान्छन्

एजेन्सी । इथोपियाको एल साँदका मान्छेहरु नुन मात्र खान्छन् र नुनकै घरमा बस्छन् । केही वर्ष अगाडि ज्वालामुखी विस्फोटन भएकाले यो ठाउँ १.८ किलोमिटरको पोखरीमा परिवर्तित भएको थियो । यो पोखरीको पानी अत्याधिक नुनिलो भएकाले यसको प्रयोग केवल नुन बनाउन मात्र गर्न सकिन्छ ।

एल साँदलाई साल्ट हाउस पनि भनिन्छ । यहाँका मानिसहरु नुनकै व्यापार गर्ने गर्छन् । यहाँको नुन सोमालिया, केन्या लगायत विभिन्न देशमा पठाइने गरिएको छ । उक्त पोखरी निकै ठूलो भएकाले यहाँबाट नुन निकाल्न त्यति सजिलो छैन ।

Dish_Home

उक्त स्थानमा जानका लागि एक घण्टा पैदल यात्रा गर्नुपर्छ र त्यहाँको बाटो पनि निकै अफ्ठ्यारो भएकोले मान्छेहरु खतरा मोलेरै काम गरिरहेका छन् । पानीबाट जोगिन यहाँका मानिसहरुसँग राम्रो बन्दोबस्त नभएकाले आफ्नो नाक र मुख बचाउन उनीहरु प्लास्टिकको झोला प्रयोग गर्छन् ।

आँखालाई बचाउन नसकेकाले उनीहरुमा अन्धोपनाको समस्या देखिन थालिएको छ । यहाँका बच्चाहरु समेत जीवनको खतरा मोलेर भएपनि यस्तो जोखिमयुक्त काम गर्न बाध्य छन् ।

जीविकोपार्जनका लागि नुन निकालेर बेच्न बाहेक अरु कुनै उपाय नभएकाले हेर्दा सुन्दर देखिने यस पोखरीमा उनीहरु खतरा मोलेर काम गरिरहेका छन् ।
उनीहरुले आफू बस्ने घर पनि नुन बाटै बनाएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय