scheduleशुक्रवार चैत्र २८ गते, २०७६

श्रीमती रिसाएर हैरान पर्नुभएको छ, यसो गर्नुहोस्

अधिकांश पुरुषहरुको एउटै समस्या भएको देखिन्छ कि उनीहरुको श्रीमतीलाई रिस धेरै उठ्छ । यस्तो अवस्थामा उनीहरुलाई मनाउन निकै गाह्रो पर्छ । कतिपय अवस्थामा त महिलाहरु निकै सेन्सेटिभ समेत भइदिन्छन् जसका कारण पुरुषहरुलाई समस्यासँग झेल्न निकै गाह्रो पर्छ ।

एउटा कुरा सदैव ध्यानमा राख्नुपर्छ, रिसाएको मानिससँग जहिले पनि शान्त व्यवहार गर्नुपर्छ । तर, रिसको स्वभाव भएका मानिसहरु यस्ता कुरालाई वास्ता गर्न चाहँदैनन् । दुवै जनाले रिसाहा स्वभाव देखाएमा अवस्था झन् खतरनाक बन्नेगर्छ ।

Dish_Home

कुनै पनि समस्याको हल निकाल्न छ भने त्यसबारे जान्न खोज्नुहोस् । जब समस्या नै पत्ता लगाइदैन भने समाधान कसरी खोज्नुहुन्छ । श्रीमतीको रिस शान्त गराउन पनि समस्या बुझ्न प्रयास गर्नुहोस् ।

जब श्रीमती रिसाएको समस्याबारे थाहा पाउनुहुन्छ, समाधानतिर लाग्नुहोस् । जतिसक्दो समाधानतिर लाग्नुहुन्छ श्रीमतीको रिस शान्त हुने वातावरण बन्छ भने घरमा एउटा रमाइलो वातावरण बन्दै जान्छ ।

महिलाहरु प्राय पुरुषहरुले समय नदिएका कारण रिसाउने गर्छन् । पहिला उनीहरुको कुरा सुन्नुहोस् । सकिने अवस्था छ भने उनीहरुलाई बुझाउने प्रयास गर्नुहोस् । प्राय महिलाहरु साना साना कुरामा पनि धेरै रिसाउने गर्छन् । ती गल्तीहरुबाट उम्कने काम गर्नुहोस् ।

शान्तिसँग गरिएका हरेक काम सफल हुन्छन् । यदि तपाईकी श्रीमती रिसाएकी छिन् वा रिसाउने बानी छ भने सबैभन्दा पहिला आफु शान्त रहनुहोस् । तपाई पनि रिसाउनु भयो भने समस्या झन् जटिल बन्छ । यसकारण शान्त र संयम रहनुहोस् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय