scheduleसोमवार आषाढ़ २२ गते, २०७७

सेक्सप्रति चाहना हराउँदै गएको छ, यी कारणहरुले हुनसक्छ

धेरैजसो विवाहिता मानिसहरुको समस्या भनेको उनीहरुमा अथवा पार्टनमा सेक्स उत्साहको कमी हुनु हो । सेक्स ड्राइभमा कमी आउनुको कारण धेरै हुनसक्छ ।

तपाईंको सेक्स ड्राइभलाई नष्ट गर्ने कारणहरु विभिन्न हुनसक्छन् ।

तौलमा वृद्धिः यदि तपाईंको तौल बढ्ने क्रममा छ भने होसियार रहनुहोस् – यसले तपाईंको सेक्स ड्राइभमा असर पुर्याउने गर्दछ । यस्तो किन हुन्छ भने बोसोको तन्तुले तपाईको सेक्स हर्मोनको सन्तुलन नष्ट गर्दछ । यदि कोही मानिसहरु मोटो छन् भने उनीहरुले आफूले आफैँलाई बेडमा कन्फिडेन्ट महसुस गर्दैनन् ।

अस्वस्थकर जीवनयापनः दैनिक रुपमा औषधीको सेवनको अलावा चुरोट र रक्सीको लतका कारण पनि तपाईंको सेक्स ड्राइभमा कमी आउने गर्दछ । यदि कसैको शारिरिक र मानसिक अवस्था दुबै ठिक छ भने उनीहरुको सेक्स लाइफ राम्रो र साधारण हुने गर्दछ ।

थकान र निन्द्राबाट विमुखः यदि तपाईं ६ घण्टा वा त्यो भन्दा कम सुत्नु हुन्छ भने त्यसले तपाईंको सेक्स ड्राइभमा ह्रास ल्याउँदछ । निन्द्रा विशेषज्ञका अनुसार, निन्द्राबाट यदि तपाईं धेरै दिनदेखि बिमुख हुनुभयो भने त्यसले टेस्टोस्टेरोनको लेभलमा कमी ल्याउँदछ ।

घुर्नुः यो सुन्दा तपाईंलाई अचम्म लाग्ला तर यदि तपाईंको पार्टनरले बेस्सरी घुर्नुहुन्छ भने यसले तपाईंको निन्द्रामा खलबलाउनुका साथै पार्टनरको सेक्स ड्राइभमा पनि कमी ल्याउँदछ । ‘स्लिप एप्निया’ एउटा यस्तो स्थिति हो जसले साधारण स्वासप्रश्वासमा रातको समयमा बाधा पुर्याउँदछ जसले निन्द्रामा कमी र तौलमा वृद्धि गर्दछ भने सेक्स लाइफमा पनि असर गर्दछ ।

तनाव र मानसिक चिन्ताः यदि तपाईंलाई निकै तनाव छ भने यसले तपाईंको सेक्स लाइफमा कमी ल्याउने कार्य गर्दछ । कामको तनाव, पार्टनरसँगको झगडा र अनिन्द्राले तपाईंमा तनाव पैदा गर्दछ । यसले दिर्घकालीन रुपमा तपाईंको सेक्स ड्राइभमा असर गर्नुका साथै मधुमेह र उच्च रक्तचाप निम्त्याउँछ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय