scheduleशुक्रवार श्रावण २३ गते, २०७७

बिनाकारण बारम्बार डकार आउनु चिन्ताजनक समस्या

खाना खाएपछि डकार आउनु यसलाई पाचनसँग जोडेर हेर्ने गरिन्छ । तर, बिनाकारण बारम्बार डकार आउनु भने चिन्ताजनक समस्या हो ।  कतिपय समय खान पानका कारण पनि डकार आउने गर्छ । तेल धेरै भएको खाना, चिसो पेथ पदार्थ, काउली, ब्रोकोली आदि खानाले पेटमा ग्याँग उत्पन्न हुन्छ । यी खानाहरुका कारण पनि हुनसक्छ । यी चीजहरु रातमा नखाएकै राम्रो ।

लामो समय कब्जियतको समस्या भएका कारण पनि अत्याधिक डकार आउने गर्छ । यो पनि एक प्रमुख कारण हुनसक्छ । यस अवस्थामा तपाईलाई कब्जियतको उपचार गर्नुपर्छ ।  बारम्बार डकार आउनुको अर्को कारण अपच पनि हो । तपाईले खाएको खाना राम्रोसँग पाचन हुन नसक्दा यस्तो समस्या देखिने गर्छ ।

कहिलेकाँही सानो सानो कारण पनि पेटमा ग्याँस पैदा हुनेगर्छ जसका कारण अन्य समस्याहरुले जन्म लिन गर्छन् । जस्तै गिलासबाट पानी नपिइ माथिबाट पानी पिउनु, खाना खाँदा कुरा गर्नु, चुइगमका कारण पनि पेटमा हावा जम्मा हुने गर्छ । यसलाई ऐरोफेस भनिन्छ ।  जब ग्याँसका कारण तपाईको पाचनतन्त्रमा गडबड हुन्छ तब एच पायलोरी नामक ब्याकटेरियाका पेप्टिक असरको समस्या पैदा हुन्छ । जसका कारण डकार आउनुका साथसाथै पेट दुख्ने समस्या पनि देखिन्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय