scheduleबिहिवार चैत्र २७ गते, २०७६

प्रधानमन्त्रीको जन्मदिन मनाउन गाउँपालिकाद्वारा सार्वजनिक बिदा


तेह्रथुम, ११ फागुन । तेह्रथुमको आठराई गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको ६९ औं जन्मदिन मनाउन गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो ।

जन्मदिन मनाउन प्रधानमन्त्री ओलीको आफ्नो जन्मथलो आठराई गाउँपालिका–४ इवामा विभिन्न कार्यक्रमका लागि आउन लागेकाले उनको स्वागतमा बिदा दिइएको हो । गाउँपालिकामा आइतबार सार्वजनिक बिदा दिइएको गाउँपालिकामा सार्वजनिक बिदा दिइएको अध्यक्ष मानबहादुर लिम्बुले पुष्टि गरे ।

जन्मदिनको उपलक्ष्यमा तेह्रथुमको आठराईको सुकेपोखरीबाट जन्मथलो इवा हुँदै जननेता मदन भण्डारीको जन्मस्थान ढुङ्गेसाँघुबाट ताप्लेजुङको दोभान जोड्‍ने करिब १ सय किलामिटर दूरीको मदन भण्डारी मार्गको शिलान्यास गर्ने कार्यक्रम पनि आइतबार नै तय गरिएको छ ।

Dish_Home

आफू जन्मिएको घरमा तेस्रोपटक पुग्न लागेका ओलीले जन्मघर आसपास विभिन्न कार्यक्रमहरु राखेका छन् । जेष्ठ नागरिकलाई सम्मानदेखि विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुने बताइएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय