scheduleबिहिवार चैत्र २७ गते, २०७६

एट्लेटिको मड्रिड लिगको तेस्रो स्थानमा उक्लियो

काठमाडौँ १२ फाल्गुन । गएराति भएको स्पेनिस लिग ला लिगामा एट्लेटिको मड्रिडले भिल्लारियललाई ३-१ गोलले पराजित गर्दै लिगको तेस्रो स्थानमा उक्लिन सफल भएको छ । खेलमा अग्रता भने भिल्लारियलले लिएको थियो ।

भिल्लारियलका लागि पाको अल्कासरले गोल गरेका थिए । खेलको ४० औँ मिनेटमा एट्लेथिटकोका एन्गल कोरियाले बराबरी गोल फर्काएका थिए ।

Dish_Home

खेलको ६४ औँ मिनेटमा कोकले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए ।

खेलको ७४ आँै मिनेटमा जाओ फेलिक्सले गोल गरे । महत्वपुर्ण तीन अंक बटुलेको एट्लेटिकोले २५ खेलमा ४३ अंक जोड्न सफल भएको छ । भिल्लारियलको ३८ अंक रहेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय