scheduleमगलवार चैत्र २५ गते, २०७६

वामदेवलक्षित संविधान संशोधन प्रस्तावको विरोधपछि ओली-प्रचण्ड छलफलमा


काठमाडौं, १२ फागुन । सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेका छन् । सोमबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छलफलमा संविधान संशोधन कार्यदल लगायतको विषयमा छलफल भइरहेको बताइएको छ ।

यसअघि शनिबार बसेको सचिवालय बैठकले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्ने बाटो खुला गर्न माधव नेपाल नेतृत्वमा खिमललाल देवकोटा र सुवास नेम्वाङ सदस्य रहेको कार्यदल बनाएको थियो । उक्त कामको सामाजिक सञ्जाल र पार्टी पंक्तिभित्र चर्को आलोचना भएपछि यसबारे छलफल गर्न अध्यक्षद्वय छलफलमा बसेको बताइएको छ ।

उक्त कार्यदलले वामदेव गौतमलाई प्रधानमन्त्री बनाउनेगरी गृहकार्य गर्ने जिम्मेवारी पाएको थियो । गोप्य राखिएको उक्त सचिवालयको निर्णय बाहिर आएपछि विवाद बढेको हो ।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय