scheduleबिहिवार चैत्र २७ गते, २०७६

बीपी राजमार्गमा स्थानीयको प्रदर्शन, उपप्रधानमन्त्री पोखरेल रोकिए


सिन्धुली, १२ फागुन । बीपी राजमार्ग अवरुद्ध हुँदा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल बाटैमा रोकिएका छन् । एक वृद्धलाई ठक्कर दिएर भाग्ने गाडी र चालकलाई पक्राउ गर्न माग गर्दै सिन्धुलीमा बीपी राजमार्ग अवरुद्ध गरिएको हो ।

उपप्रधानमन्त्री पोखरेल कमलामाई नगरपालिकाको भिमादमा आजाद स्मृतिको कार्यक्रममा सहभागी हुन सिन्धुली जानेक्रममा बाटोमै रोकिएका हुन् । सुनकोशी गाउँपालिका मूलकोटमा पोखरेल डेढ घण्टाभन्दा बढी रोकिएका छन् ।

सिन्धुलीको गोलचक्कर गाउँपालिका ७ तल्लो बारा पलासेमा सोमबार बिहान गाडीले स्थानीय ५० वर्षीय नन्दलाल श्रेष्ठलाई ठक्कर दिएर भागेको थियो ।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय