scheduleमगलवार चैत्र २५ गते, २०७६

अब बिर्सिदिनोस् यौनसम्बन्धी २७ भ्रम

मुर्ख साथीहरुबाट, परिवारबाट वा विभिन्न स्रोत र संगतबाट हामीमा यौनसम्बन्धी कैयन भ्रमहरु हुर्किरहेका हुन्छन् । जसले हाम्रो यौन जीवनलाई बर्बाद बनाइरहेको हुन्छ ।

हाम्रो मष्तिष्कमा जब्बर बनेर जरा गाडेका त्यस्ता भ्रमहरुबाट मुक्त हुनु आवश्यक छ । आउनुहोस्, हामीसँग एउटा खेल खेल्नुहोस्, कति नम्बरको भ्रमबाट तपाइँ प्रभावित हुनुहुन्छ ? हामी सुरु गर्नेछौँ २७ नम्बरबाट ।

२७. जुत्ताको आकार र लिङ्गको आकारमा कुनै सम्बन्ध हुँदैन । यो हातको आकार र कानको आकार जस्तै हो । हात र कानको कारण बढी र कम काम गर्ने र सुन्ने भन्ने हुन्छ र ?

Dish_Home

२६. आकार र सन्तुष्टिको भ्रम तपाइँसँग धेरै हुनसक्छ । तर सत्य के हो भने, लिङ्गको आकार महिलाको आनन्दको लागि भन्दा पुरुषको दम्भको लागि महत्वपूर्ण हुन्छ । योनीमा चरमोत्कर्षमा आनन्द दिने जि-स्पट मात्र दुई इञ्च भित्र हुन्छ । लिङ्गको शिरले त्यसलाई सजिलै ठक्कर दिन सक्छ । बरु ठूलो लिङ्गले जि–स्पटलाई नभेट्न सक्छ । यो व्यक्तिको प्रस्तुतिमा भरपर्ने कुरा हो, ढुक्क हुनुहोस्, लिङ्गको आकारको यौन सन्तुष्टिसँग कुनै सम्बन्ध हुँदैन ।

२५. कोहीसँग पनि यो वैज्ञानिक प्रमाण छैन कि विर्यको स्वादलाई हाम्रो खानपिनले प्रभाव पार्दछ । अनुसन्धानहरुले भन्छ कि विर्यमा रहने सोडियम पुरुषअनुसार फरक पर्न सक्छ । तर युरोलोजिस्टहरु भन्छन्, सामान्यतया मानिसले विर्यको स्वाद फेर्न सक्दैन ।

२४. महिलाको पहिलोपटकको यौन सम्पर्क पीडादायी हुन्छ भन्ने भ्रम पनि रहने गरेको पाइन्छ । तर सत्य यो हो कि पहिलो पटकको यौन सम्पर्क पनि अन्य सधैँ गरिरहने यौन सम्पर्क जस्तै हो । हो, सधैँजस्तै पहिलो पटक पनि यौन सम्पर्कको बेला महिलालाई पीडा हुन सक्छ । तर त्यो पहिलो पटकको भएर होइन कि, अनुभवहिनताले वा यौन सम्पर्कको लागि पूरा तयार नहुँदा चिप्लो पदार्थहरुको अभावको कारण सुख्खापन आदिले पीडा हुन सक्छ । त्यसैले महिलालाई नजगाइकन अनुभवहिन पुरुष साथीको भद्दा प्रहारले पनि महिलालाई पीडा हुन सक्छ ।

२३. गर्भवती महिलाले यौनसम्पर्क गर्दा अर्को गर्भ रहन सक्दैन भन्ने भ्रम पनि रहने गरेको छ । तर यो पूर्णरुपमा नहुन सक्छ । यद्यपि यस्तो घटना दुर्लभरुपमा हुन्छ । मानिसहरुमा यस्तो भएको धेरै उदाहरणहरु छन् ।

२२. योनीबाहिर विर्य स्खलन गर्दा गर्भ हुँदैन भन्ने धारणाले धेरै दुर्घटनाहरु घटेका छन् । त्यो दुर्घटना भनेको नचाहँदा नचाहँदै गर्भ रहनु हो । बाहिर विर्य स्खलन गराउनु गर्भाधान रोक्ने सुरक्षित उपाय होइन । धेरै पुरुषहरुले स्खलनलाई समयमै रोक्न सक्दैनन् । त्यसो त, विर्य निस्कनु अघि निस्कने पातलो रसमा पनि शुक्रकिट हुनसक्छ । यस्तो तरिका अपनाउँदा २७ प्रतिशत महिला गर्भवती भएको अनुसन्धानले पुष्टि गरेको छ । त्यसो त, यो विधिल सरुवारोगबाट पनि त जोगाउँदैन नि !

२१. एउटा मान्छेले दिनमा कतिपटक सम्म यौनको बारेमा सोच्ला ? आम मानिसमा भ्रम छ कि प्रत्येक ७ सेकेण्डमा पुरुषले एकपटक यौनको बारेमा सोच्छ । तर यो भ्रम मात्रै हो । किनकी २०११ मा ओहिओ स्टेट युनिभर्सिटीमा गरिएको एक अध्ययनले पुरुषले एक दिनमा निद्राको बारे ११ पटक, खानाको बारे १८ पटक र यौनको बारेमा १९ पटक सोच्ने गरेको पाइएको छ ।

२०. ४४ वटा अध्ययनहरुले देखाएको छ कि जन्म नियन्त्रणले महिलाको तौल बढ्दैन ।

१९. कतिपय मानिसमा भ्रम रहने गरेको छ, केवल पुरुषमा मात्र स्वप्न दोस हुन्छ । तर यो यथार्थ होइन । यथार्थ यो हो कि पुरुषहरुमा स्वप्नदोषको मात्र बढी हुन्छ । कमै भए पनि महिलामा पनि स्वप्न दोष हुन्छ । धेरै अध्ययनहरुले देखाएको छ कि ४० प्रतिशत महिलामा स्वप्न दोष हुने गर्दछ ।

१८. दुभार्ग्यवश, यौन सम्पर्कले लगभग मात्र २१ क्यालोरीको खपत हुन्छ । तर टिभी हेर्नुभन्दा त यही ठिक छ नि, होइन ?

१७. मानिसलाई भ्रम छ, विवाहपछि त यौन जीवन सकियो । मज्जै हुँदैन । तर यथार्थ यस्तो होइन । अध्ययनहरुले देखाएको छ कि वास्तविक आनन्दपूर्ण यौन जीवन त विवाहपछि सुरु हुन्छ । विवाहपछि नै नयाँ नयाँ तरिकाबाट यौन जीवन सुरु हुन्छ । यौन सम्पर्क मात्रात्मक होइन, गुणात्मक रुपले पनि बढ्दछ ।

१६. तपाईंलाई भ्रम छ, महिलाले अश्लिल सामग्री हेर्दैनन् । पत्याउन पनि गाह्रो छ । तर अध्ययनले के देखाएको छ भने ८५ प्रतिशत महिलाले अश्लिल सामग्रीहरु हेर्ने गर्दछन् ।

१५. महिला भन्दा पुरुषले बढी सम्बन्धमा घात गर्दछ, वा ढाँट्दछ भन्ने हाम्रो आम बुझाई छ । तर सत्य अनौठो छ । पुरुषभन्दा महिला धेरै अगाडि छन् यौनको बिषमा गडबढी गर्न । यो त छोटो सत्य मात्र हो । लामो सत्य के हो भने ढाँटछल गर्नु वा गडबढी गरेको भनेर केलाई बुझ्ने ? यदि तपाईं यौन सम्पर्कलाई मात्र गडबढी मान्नु हुन्छ भने ठिकै हो । तर यदि तपाईले आफ्नो ‘चिटिङ’ सम्बन्धी सोंच फराकिलो बनाउनुभयो भने पनि महिला पुरुषभन्दा बढी ‘चिटिङ’ गर्दछन् भन्ने अध्ययनले देखाएको छ ।

१४. लिङ्गको टाउको हेरेर पनि यौन सम्बन्धी धारण बनाउने गरेको पाइन्छ । त्यो कति खुला, कति बन्द ? यसको माथिल्लो भागको छाला काट्नु वा नकाट्नुले यौन आनन्दमा जिरो प्रतिशत प्रभाव पार्ने अध्ययनले देखाएको छ ।

१३. लिङ्गको लम्बाइसँग पनि यौन सन्तुष्टिको साइनो हुन्छ ? यसको खासै प्रभाव नरहने अध्ययनले देखाएको छ । थ्रिडि प्रिन्टेड लिङ्ग देखाएर महिलाहरुसँग गरिएको युसिएलए अध्ययनले उनीहरु लिङ्गको लम्बाई भन्दा परिधिलाई महत्व दिने थाहा भएको छ । उनीहरुले चाहने लिंगको औसत लम्बाई रहेको छ, ६ दशमलव ५ इञ्च ।

१२. यौन आनन्दको लागि विवाह बाधक हुँदैन । बरु सामान्यतः योनीको अर्धचन्द्राकार मोहडाको झिल्ली (जुन योनीद्वारमा हुन्छ) को भूमिका हुनसक्छ । कुमारित्व र यौन आनन्दको कुनै सम्बन्ध हुँदैन । कुमारी केटीसँगको यौन सम्पर्कको आनन्द भनेको शारीरिक कम मानसिक आनन्द बेसी हो ।

११. २०१२ मा सोन्नी नाशले १० घण्टासँग लगातार हस्तमैथुन गरिन् । हस्तमैथुनबाट न नाश अन्धी भइन्, न उनको हत्केलाका रौं पलाए । यो कुरा तपाईंलाई पनि लागू हुन्छ । सचेतपूर्वक गरिने हस्तमैथुनले आनन्द नै दिन्छ । अति गरे पछि त खति भइहाल्छ नि !

१०. एकैपटक दुईवटा कण्डम लगाएर यौनसम्पर्क गर्दा गर्भवती हुने सम्भावना कम हुन्छ भन्ने भ्रम कतिमा रहेको हुन्छ । तर यस्तो होइन । बरु दुईवटा कण्डमको बीचमा हुने घर्षणले कण्डम च्याटिन सक्छ र यौन सम्पर्क झन असुरक्षित हुनसक्छ ।

९. योनीमा हुने जि–स्पट जसमा हुने घर्षणले महिलाहरुलाई यौन उत्कर्षमा पुर्‍याउँछ, यसबारेमा १८४४ बाट नै व्याख्या सुरु भएको हो । यौन आनन्दमा लामो उपन्यासको आवश्यकता छैन । मात्र एउटा लघुकथा काफी छ । त्यो हो जि स्पट । यसलाई चिनौं । आनन्द लेनदेन गरौं ।

८. महिलाको यौन अंगको आकार, प्रकार, कसिलोपना नियमित यौन सम्पर्कले वा हस्तमैथुनले बदल्दैन । योनीको कसिलोपना र खुकुलोपना आम मानिसको बुझाइजस्तो बदलिँदैन । दिमागमा यस्तो धारणा छ भने यौन जीवनमा पनि यसको नराम्रो प्रभाव पर्न सक्छ ।

७. वृद्धवृद्धाले यौन सम्पर्क गर्दैनन् ? यस्तो अभिव्यक्ति रोगद्वारा भ्रष्ट मानिसकताको उपज हो । मानिसको स्वास्थ्य अवस्थामा भरपरे पनि यौन भनेको जीवनपर्यन्त आवश्यक हुन्छ । अथवा भनौं यौन सदावहार छ । यौन शारीरिक अवस्थाले निर्धारण गर्दैन । यो त शारीरिक अवस्थाले निर्धारण गर्दछ । वृद्धवृद्धा अवस्थासम्म स्वस्थ मानिसहरु यौन कार्यमा सक्रिय रहन्छन् । वृद्धवृद्धा अवस्थामा पनि निरन्तर यौन सम्पर्क राख्नु शारीरिक र मानसिक स्वास्थ्यका लागि फाइदाजनक छ ।

६. हाम्रोमा धारणा छ, श्रीमतीको उमेल ढल्केपछि गर्भाधारण गर्दा छोरो जन्मिन्छ । तर यो सत्य कुरा होइन । बरु छोरा वा छोरी जन्मने कुरा दम्पत्तिको यौन आसनमा भर पर्दछ ।

५. सबै सरुवा यौन रोगको लक्षण देखिँदैन । क्लैमाइडिआ, गनोरिया र हर्प्स जस्ता रोगहरुको लक्षण देखिँदैन । नियमित रुपमा कण्डमको प्रयोग गरौं ।

४. अप्रेसन नगरीकन तपाईंको लिङ्गको आकार बढाउनु असम्भव छ । औषधी, अभ्यास वा पर्न स्टारको रहस्य सुनेर तपाईंको लिङ्ग बढ्दैन । माफ गर्नुहोला !

३. पुल वा टबका तातो पानीमा यौन सम्पर्क गर्दा गर्भाधान रहँदैन हो ? यो गलत छ । विभिन्न अध्ययनहरुले पानीको तापक्रमले शुक्रकिट नष्ट गर्न नसक्ने देखाएको छ । जब एकपटक योनीमा शुक्रकिट समागम हुन्छ, यसले काम शुरु गरिहाल्छ तातोले वा पानीले कहाँ रोक्न सक्छ र ?

२. यौन सम्पर्क कति किसिमको होला ? प्राकृतिक र उही लिंगको बीचमा मात्र । होयन । १९८४ मा अल्फ्रेड किन्सले किन्स स्केल बनाए, जसमा ० (विजातीय) देखि ६ (सजातीय) स्केलहरु छन् । यौनिकता यी माथिको दुई श्रेणीकरणमा जहाँनेर पनि पर्न सक्छ । भर्खरै ५०,००० मानिसको गरिएको सर्भेबाट निष्कर्ष निकालिएको छ, ‘जनसंख्याको आधाभन्दा बढी मानिस यौनिकताको सामान्य बुझाईभन्दा बाहिर हुन्छन् ।

१. स्खलनपूर्व बाहिर निकाल्ने ? २००५ मा गरिएको बहुराष्ट्रिय सर्भेको निष्कर्ष छ, पुरुषको स्खलनको औसत समय ५.४ मिनेट हुन्छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय