scheduleसोमवार मंसिर १५ गते, २०७७

लिभरपुलको कठिन जित

काठमाडौँ, १३ फाल्गुन । गएराति भएको प्रिमियर लिग खेलमा लिग लिडर लिभरपुलले वेस्टहमलाई ३-२ गोलले पराजित गर्न सफल भएको छ । घरेलु मैदानमा भएको खेलमा लिभरपुलले कठिन जित हात पारेको हो ।

यस सिजन अपराजित रहेको लिभरपुलका लागि खेलको नवौँ मिनेटमा जर्ज विलयाल्डमले गोल गर्दै अग्रता दिलाएका थिए । तर, खेलको १६ औँ मिनेटमा वेस्टहमका लागि इसा डियोपले बराबरी गोल फर्काए ।

दोस्रो हाफ थप रोमाञ्चक बन्न पुग्यो । वेस्टहमका लागि पाब्लो फोरनाल्सले गोल गर्दै अग्रता दिलाए । तर, खेलको ६८ औँ मिनेटमा मोहमम्द सलाहाले बराबरी गोल फर्काए ।

निकै रोमाञ्चक खेलमा लिभरपुलका लागि खेलको ८१ औँ मिनेटमा साडियो मानेले गोल गरे । निर्णायक गोल गरेका मानेले लिभरपुललाई तीन अंक दिलाउन सफल भए ।

यो जितसँगै लिभरपुकाले २७ खेलमा ७९ अंक भएको छ । वेस्टहम रेलिगेशन जोनमा रहेको छ । वेस्टहमको जम्मा २४ अंक रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay