scheduleआइतवार चैत्र २३ गते, २०७६

च्याम्पियन्स लिगः आज राति दुई विशेष खेल हुँदै

काठमाडौँ, १३ फाल्गुन । आज राति च्याम्पियन्स लिगमा दुई विशेष खेलहरु हुँदैछन् । पहिलो खेलमा चेल्सीले बार्यन म्युनिखसँग आमने सामने गर्दैछ भने दोस्रो खेलमा बार्सिलोनाले नापोलीसँग प्रतिस्पर्धा गर्दैछ । यस सिजन व्याक टु व्याक फर्ममा देखिएको बार्यनले चेल्सीलाई पराजित गर्न सक्ने आधारहरु धेरै रहेको समिक्षकहरु बताउँछन् ।

Dish_Home

चेल्सीले यस सिजन सन्तुलित खेल प्रदर्शन गर्न सकिरहेको छैन । तर, विशेष खेलमा भने चेल्सीले स्तरीय खेल प्रदर्शन गर्दै आइरहेको छ । चेल्सीको घरेलु मैदानमा बायर्नलाई कठिन हुने समिक्षकहरु बताउँछन् ।

त्यस्तै नापोलीको घरेलु मैदानमा बार्सिलोनाले कडा चुनौती पाउनसक्ने अनुमान गरिएको छ । इटालिन क्लबविरुद्ध बार्सिलोनाको नमिठो विगत भएका कारण पनि कतै पराजित हुने त होइन भन्ने डर रहेको समिक्षकहरु बताउँछन् ।

बार्सिलोनाको डिफेन्सलाईनमा समस्या भएका कारण पनि नापोलीले गोलहरु गर्न सक्ने सम्भावना बलियो रहेको बताइएको छ ।

बार्सिलोनाले यस सिजन पनि च्याम्पियन्स लिगमा सुधारिएको खेल प्रदर्शन गर्न सक्ने सम्भावना अलि कम रहेको समिक्षकहरु बताउँछन् ।

फरवार्ड लाइनमा समस्या देखिनु, प्रमुख खेलाडी घाइते हुनु, नयाँ प्रशिक्षकको रणनीतिले काम गर्न समय लाग्नु जस्ता कारणहरु रहेका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय