scheduleआइतवार चैत्र २३ गते, २०७६

एसिया-११ मा समेटिए सन्दीप लामिछाने


काठमाडौं, १३ फागुन । बंगलादेश क्रिकेट बोर्डले आयोजना गर्ने मुजिब १०० टि२० कप बंगलादेश २०२० अन्तर्गत विश्व-११ र एसिया-११ बीच हुने खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पनि समेटिएका छन् ।

लामिछाने एसिया-११ बाट खेल्ने भएका हुन् । दुई खेल हुने सिरिज मार्च २१ र २२ मा बंगलादेशको शेर-ए बंगला रंगशालामा हुने आयोजकले जनाएको छ ।

एसियाको टोलीमा भारतीय कप्तान विराट कोहली, श्रीलंकका लसिथ मालिंगा, बंगलादेशका मुस्ताफिजुर रहमान, अफगानिस्तानका राशिद खान लगायत स्टार खेलाडी रहनेछन् ।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय