scheduleबिहिवार चैत्र २७ गते, २०७६

चेल्सीको लज्जास्पद हार, बायर्न अर्को चरणमा पुग्ने सम्भावना बलियो

काठमाडौँ, १४ फाल्गुन । गएराति भएको च्याम्पियन्स लिगमा बायर्न म्युनिखले चेल्सीलाई ३-० गोलले पराजित गरेको छ । चेल्सीको घरेलु मैदानमा भएको खेलमा बायर्नले सानदार जित हात पारेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

तर, दोस्रो हाफमा भने बायर्नलाई चेल्सीले रोक्न सकेन । बायर्नका लागि सर्जी जिनेब्रीले खेलको ५१ औँ र ५४ औँ मिनेटमा एकएक गोल गरे । त्यस्तै खेलको ७६ औँ मिनेटमा बायर्नका लागि रोबर्ट लिओडोनोस्कीले गोल गरे ।

Dish_Home

खेलको अन्तिम समयमा मार्को एलोन्सोले रातो कार्ड पाएपछि चेल्सी १० जना खेलाडीमा सिमित भएको थियो । बायर्नलाई अवे गोलको फाइदा भएको छ भने अर्को चरणमा पुग्ने सम्भावना पनि बलियो देखिएको छ ।

अर्को खेल बायर्नको घरेलु मैदानमा हुनेछ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय