scheduleमगलवार चैत्र २५ गते, २०७६

इटालीमा कोरोना भाइरसका कारण ११ जनाको मृत्यु, युरोपभर त्रास

काठमाडौँ, १४ फाल्गुन । इटालीमा नयाँ कोरोना भाइरसको सङ्क्रमणबाट बुधबार बिहानसम्म ११ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । इटाली सरकारले पूरै गाउँ बस्तीलाई अलग्याएको छ र सुरक्षा व्यवस्था कडा बनाएको छ ।

इटालीको नागरिक सुरक्षा विभागका प्रमुख एन्जेलो बोरेल्लीले मुलुकभर मंगलबार बेलुकासम्म ३०० जनाभन्दा बढीलाई कोरोना सङ्क्रमण देखिएको जानकारी दिएका छन् । युरोपमै इटालीमा सबैभन्दा बढी कोरोना सङ्क्रमित व्यक्ति देखिएका छन् ।

Dish_Home

लोम्बार्डीका १० वटा तथा छिमेकी भेनिटो शहर गाउँलाई अन्य क्षेत्रबाट अलग्याइएको छ र झण्डै ५० हजार मानिसलाई अन्यत्र जान दिइएको छैन ।

स्थानीय अधिकारीहरुले बारहरु, रेस्टुराँ र डिस्को बन्द गर्न आदेश दिएका छन् ।

कोरोनाकै कारण मिलान फेसन सप्ताह, भेनिस कार्निभल र सिरि ए फुटबल खेलहरु स्थगन गरिएका छन् । मिलानको निकै लोकप्रिय ला स्कालामा संचालित ओपेराहरु रद्द गरिएका छन् ।

इटालीका कारण कोरोना भाइरस युरोपका अन्य देशमा पनि फैलिन थालेको बताइएको छ । यसबारे सजग रहन आग्रह गरिएपछि कोरोना भाइरस संक्रमितहरुको संख्या दिनुहँ बढेपछि विश्वभर महामारीको अवस्था आउनसक्ने अनुमान गरिएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय