scheduleशुक्रवार चैत्र २८ गते, २०७६

दिल्ली हिंसाः गृहमन्त्री शाहले राजीनामा दिनुपर्ने सोनिया गान्धीको माग

नयाँ दिल्ली, १४ फागुन । पछिल्लो समय भारतको राजधानी दिल्लीमा भड्किएको हिंसा योजनाबद्ध षडयन्त्र भएको  कांग्रेस नेता सोनिया गान्धीले बताएकी छन् ।

कांग्रेस नेतृ सोनिया गान्धीले बिजेपी नेताहरूले भडकाउपूर्ण अभिव्यक्ति दिएको समेत बताएकी छन् । बिजेपी नेताहरूले घृणा र डरको वातावरण सिर्जना गरेको उनको भनाइ थियो ।

Dish_Home

सरकारले हिंसा भड्किएको ३ दिनसम्म पनि केही नगरेको पनि सोनिया गान्धीको आरोप छ । अवस्था तनावपूर्ण बन्दै जाँदा सेना परिचालन नगरिएको र हिंसाको लागि गृहमन्त्रालय जिम्मेवार रहेको उनको भनाइ थियो । त्यस्तै उनले गृहमन्त्री अमित शाहले राजीनामा दिनुपर्ने पनि बताइन् ।

दिल्लीमा नयाँ नागरिकतासम्बन्धी कानुन विरोधमा भएको हिंसामा मृत्य हुनेको संख्या १७ पुगेको छ ।

नागरिकताको पक्ष र विपक्षमा जारी प्रदर्शनकारीहरूबीच मंगलबार भएको हिंसक प्रदर्शनका क्रममा एकजना प्रहरीसहित १७ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रदर्शनको क्रममा २ सयभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् । दशक यताकै ठूलो हिंसा मानिएको नागरिकता सम्बन्धीको प्रदर्शनले साम्प्रदायिक स्वरूप लिन थालेको छ । पसल तथा घरहरू जलाइएका छन् भने पत्रकारहरूमाथि पनि आक्रमण गरिएको छ ।

भारतका गृहमन्त्री अमित शाहले शान्तिको अपिल गरेका छन् । गृहमन्त्रालयले उत्तेजक बयानबाजी नगर्न चेतावनी दिएको छ तथा दिल्लीको छिमेकी राज्यहरू उत्तर प्रदेश र हरियाणासँगको सिमानामा निगरानी बढाएको छ । यसैबीच दिल्लीमा प्रदर्शनले हिंसाको रुप लिन थालेपछि भारत सरकारले जाफराबाद, मौजपुर, बाबरपुर र चांदबागमा कर्फ्यू जारी गरेको छ ।

गृहमन्त्री अमित शाहले दिल्ली हिंसामा घाइते डिसीपी शहादरा अमित शर्माको परिवारसँग कुराकानी गर्दै उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय