scheduleबिहिवार चैत्र २७ गते, २०७६

दिपेश श्रेष्ठलाई फुटबल खेल्न दुई वर्षको प्रतिबन्ध

काठमाडाैं, १४ फागुन । अखिल नेपाल फुटबल संघ एन्फाले सरस्वती युथ क्लबका कप्तान दिपेश श्रेष्ठलाई फुटबल खेल्न दुई वर्षको प्रतिबन्ध लगाएको छ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा प्रतियोगिताको नियमावली विपरित कार्य गरेको भन्दै एन्फाको अनुशासन समितिले दिपेशलाई २ वर्षको प्रतिबन्ध गरेको हो ।

दिपेशले लिगको ५९ औं खेल अन्तर्गत हिमालयन शेर्पा क्लबविरुद्धको खेलमा प्रतियोगिताको नियमावली २१९७० विपरित कार्य गरेको एन्फाले जनाएको छ । यस्तै एन्फाले श्रेष्ठलाइ ५० हजार जरिवाना समेत गरेको छ ।

Dish_Home

एन्फाले दिपेशको नाममा पत्र लेख्दै प्रतिबन्ध र जरिवानाबारे जानकारी समेत गराएको छ । एन्फाले आजकै मितिबाट लागु हुनेगरि दिपेशलाई प्रतिबन्ध गरिएको जनाएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय