scheduleआइतवार चैत्र २३ गते, २०७६

रियल मड्रिडविरुद्ध म्यानचेस्टर सिटीले सानदार कमव्याक गरेपछि…

काठमाडौँ, १५ फाल्गुन । म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग खेलको अन्तिम १६ को पहिलो लेगमा रियल मड्रिडलाई २–१ गोलले पराजित गरेको छ । रियलको घरेलु मैदानमै म्यानसिटीले सानदार कमव्याक गर्दै जित हात पारेको हो । खेलमा अग्रता भने रियलले लिएको थियो । रियलका लागि खेलको ६० औ मिनेटमा ईस्कोको गोल गरे ।

तर खेलको ७८ औ मिनेटमा ग्याब्रियल जिससले बराबरी गोल फर्काए । खेलको ८३ औँ मिनेटमा म्यानसिटीले पेनाल्टी पायो । केभिन डी ब्रुईनीले पेनाल्टीमार्फत सिटीलाई अग्रता दिलाए ।

Dish_Home

खेलको ८८ औ मिनेटमा कप्तान सर्जियो रामोस रातो कार्ड खाएपछि रियल १० जना खेलाडीमा सिमित बनेको थियो । रामोसले अर्को खेल गुमाउनेछन् ।

च्याम्पियन्स लिगमा सिटीले रियल मड्रिडलाई इतिहास रचेको छ । यो उसका लागि रियलविरुद्ध पहिलो जित हो ।

म्यानसिटीको घरेलु मैदानमा दोस्रो लेगको मार्च १० मा हुनेछ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय