scheduleशनिवार चैत्र २२ गते, २०७६

दुई सिजनको प्रतिबन्धविरुद्ध म्यानचेस्टर सिटीको अपिल

काठमाडौँ, १५ फाल्गुन । युरोपियन प्रतियोगितामा दुई सिजनको प्रतिबन्धविरुद्ध म्यानचेस्टर सिटीले कोर्ट अफ आर्बिट्रेसन अफ स्पोर्टस (कास) मा अपिल गरेको छ । सिटीले युरोपेली फुटबल महासंघले दुई साता अगाडि लगाएको प्रतिबन्धविरुद्ध कासमा अपिल गरेको हो ।

म्यानचेस्टर सिटीविरुद्ध युईएफएले क्लब लाईसेन्सिङ र फाईनान्सियल फेयर प्लेको नियम तोडेको आरोप लगाउँदै कारबाही गरेको थियो ।

Dish_Home

३० मिलियन युरो समेत जरिवाना सुनाएको युइएफएले अनसुन्धान प्रक्रियामा समेत सिटीले सहयोग नगरेको आरोप लगाएको थियो । सन् २०१२ देखि २०१६ सम्म युईएफएमा बुझाएको कागजपत्रमा म्यानसिटीले झुटा विवरण बुझाएको आरोप लागेको थियो ।

यदी कारबाहीलाई कासले सदर गरेमा सिटीले आगामी दुई सिजन च्याम्पियन्स लिग खेल्न पाउने छैन र जरिवाना समेत तिर्नुपर्नेछ । म्यानसिटीले उक्त मुद्धा लड्न युकेकै सबैभन्दा महँगा वकिलको मदत लिएको बताइएको छ । ती वकिलले दुईपटक सम्म ब्रेकजिट हुन रोकेका थिए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय