scheduleबिहिवार चैत्र २० गते, २०७६

दक्षिण कोरिया र इटालीमा तीब्र रूपले फैलिदै कोरोना भाइरस

काठमाडौँ, १५ फाल्गुन । दक्षिण कोरियामा कोरोना भाइरसका कारण बुधबार बेलुकासम्म १२ जनाको मृत्यु भएको छ । सङ्क्रमितको संख्यामा तीब्र वृद्धि भएको छ । पछिःल्लो रिपोर्ट अनुसार १५९५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

चीन बाहिर यतिठूलो संख्यामा संक्रमण भएको कोरिया नै हो । कोरियामा तैनाथ अमेरिकी सेनामा सेवारत एक सैनिकमा पनि कोरोनाको सङ्क्रमण देखिएको छ ।

Dish_Home

त्यस्तै करिब १२ जनाको मृत्यु र ४७० भन्दा बढीमा सङ्क्रमण देखिएको इटालीले ११ वटा शहरमा आवातजावत बन्द गरेको छ । प्रधानमन्त्री जिसेप कोन्टेले योक्रम केही हप्तासम्म जारी रहन सक्ने बताएका छन् ।

नानजिङ शहरका अधिकारीहरूले सियोलबाट मङ्गलबार आइपुगेको बिमानमा सवार तीन जनालाई ज्वरो आएपछि ९४ जनालाई क्वारेन्टाइनमा राखेको बताएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय