scheduleशुक्रवार चैत्र २८ गते, २०७६

कोरोना भाइरसः अमेरिका र दक्षिण कोरियाद्वारा संयुक्त सैन्य अभ्यास स्थगित

एजेन्सी, १५ फागुन । संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास स्थगित गरेका छन् ।

कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या अप्रत्यासित रुपमा बढेपछि अमेरिकी विदेशमन्त्रालयले आफ्ना नागरिकलाई दक्षिण कोरियाको भ्रमण गर्दा सतर्कता अपनाउन समेत भनेको छ । त्यस्तै कोरोना भाइरसका कारण दुबै मुलुकबीच तय गरिएको संयुक्त सैन्य अभ्यास समेत स्थगित भएको छ ।

Dish_Home

विश्वभर फैलिँदै गएको कोरोना भाइरसका कारण अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास स्थगित गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

दक्षिण कोरियामा बिहीबार मात्रै कोरोना भाइरसबाट थप ३३४ जना संक्रमित भएका छन् । हालसम्म दक्षिण कोरियामा १५ सय ९५ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

 

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय