scheduleबिहिवार चैत्र २० गते, २०७६

दिल्लीको अवस्था शान्त बन्दै, साम्प्रदायिक हिंसामा ज्यान गुमाउनेको संख्या ३४ पुग्यो

एजेन्सी, १५ फागुन । तीन दिनदेखि साम्प्रदायिक हिंसाको मारमा परेको भारतीय राजधानी नयाँ दिल्लीको अवस्था शान्त बन्दै गएको छ ।

नागरिकता संशोधन कानुनलाई लिएर उत्तरपूर्वी दिल्लीमा भड्किएको हिंसा बन्द भएको छ । तर साम्प्रदायिक हिंसामा परी ज्यान गुमाउने संख्या ३४ पुगेको भारतीय समाचार माध्यमले जनाएका छन् । बिहीबार बिहानसम्ममा हिंसामा परी ३४ जनाको ज्यान गएको हो ।

Dish_Home

बुधबारदेखि दिल्लीमा कुनै हिंसात्मक गतिविधि भएका छैनन् । हिंसा मत्थर हुँदै गएपछि त्यहाँको अवस्था पनि सामान्य बन्दै गएको समाचारमा बताइएको छ ।

दिल्लीका हिंसाग्रस्त क्षेत्रमा शान्ति बहाल गर्न केन्द्र र राज्य सरकारले मिलेर काम गरिरहेका छन् । राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा दिल्लीका सडकमा उत्रिएका मानिससँग कुराकानी गरेका छन् ।

डोभालले सबै दिल्लीबासी समय तत्काल शान्ति बहाल हुने प्रतिबद्धता जनाएका छन् ।

बुधबार प्रधानमन्त्री मोदीले शान्त हुन र आपसी भाइचारा नभुल्न आह्वान गरेका  थिए । नागरिकतासम्बन्धी संशोधित नयाँ व्यवस्थाको पक्ष र विपक्षमा भएको प्रदर्शनका क्रममा २० भन्दा बढीको मृत्यु भइसकेको र १९० भन्दा बढी घाइते भइसकेकाले अवस्थालाई सामान्य बनाउन सबैले भूमिका खेल्नुपर्ने भएको उनको भनाई छ ।

सामाजिक सञ्जाल ट्वीटरमा मोदीले लेखेका छन्, ‘नयाँ दिल्लीका विभिन्न ठाउँमा भएका हिंसात्मक घटना तत्काल रोक्न आग्रह गर्दछु, अवस्थालाई शान्तिपूर्ण बनाउन सामान्यीकरण गर्न प्रहरी र अन्य सरोकारवालाहरु लागिरहेका छन् ।’

‘शान्ति र एकता हाम्रो संस्कृति र परम्परा हो, मैले मेरा दिदीबहिनी र दाजुभाइलाई भाइचारा र शान्ति कायम गर्न आग्रह गर्दछु, हामी सबै तत्काल सम्हालिन अत्यावश्यक छ,’ उनले लेखेका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय