scheduleशनिवार चैत्र २२ गते, २०७६

चीनमा २ महिनाभित्र कोरोना भाइरस नियन्त्रण हुने, उपचारपछि ३२ हजार मानिस निको भए

एजेन्सी, १५ फागुन । गत डिसेम्बरमा पहिलो पटक चीनको वुहानमा देखा परेको कोरोना भाइरस हाल विश्वभर फैलिइरहेको छ ।

कोभिड-१९ पनि भनिने कोरोना भाइरसबाट चीनमा मात्रै २७ सय ४४ जनाको ज्यान गइसकेको छ । हङकङमा २ जना र ताइवानमा १ जनाको मृत्यु भएको छ ।

Dish_Home

भाइरसबाट चीनमा ७८ हजार ६ ३० जना संक्रमित भएको र ३२ हजार ४ सय ९५ जना उपचारपछि निको भएको चिनियाँ अधिकारीहरूले बताएका छन् ।

चीनबाहेक अन्य मुलुकमा पनि कोरोना भाइरस फैलिएको छ । नयाँ भाइरस अन्टार्टिकाबाहेक सबै महादेशमा फैलिएको छ । हालसम्म चीनबाहिर ३ हजार मानिस संक्रमित बनेका छन् भने ५१ जनाले ज्यान गुमाइसकेका छन् ।

कोरोना भाइरसबाट चीनपछि सबैभन्दा बढी संक्रमित दक्षिण कोरियामा भेटिएका  छन् । पछिल्लो जानकारी अनुसार दक्षिण कोरियामा १५ सय ९५ जना भाइरसबाट संक्रमित भएका छन् । संक्रमित हुनेको संख्या बढेपछि त्यहाँ उच्च सतर्कता अपनाइएको छ ।

त्यस्तै कोरोना भाइरसबाट चीनपछि सबैभन्दा बढी इरानमा मृत्यु भएको छ । हालसम्म इरानमा १९ जनाले ज्यान गुमाइसकेका छन् । इरानी उप स्वास्थ्यमन्त्रीसहित १३९ जना भाइरसबाट संक्रमित भएका छन् ।

युरोपमा पनि कोरोना भाइरस फैलिएको छ । भाइरसको सबैभन्दा बढी मारमा इटली परेको छ । इटलीमा १२ जनाको ज्यान गइसकेको छ भने ३७४ जना संक्रमित भएका छन् ।

यता एकजना चिनियाँ विज्ञले अप्रिलसम्ममा कोभिड-१९ नियन्त्रणमा आउने बताएका छन् । बिहीबाहर पत्रकार सम्मेलन गर्दै चिनियाँ विज्ञ झोङ नाङशानले अप्रिलको अन्त्यसम्ममा भाइरसलाई नियन्त्रण गरिने कुरामा चीन विश्वस्त रहेको बताएका हुन् ।

अन्य मुलुकमा पनि देखा पर्ने क्रम बढेपछि नयाँ भाइरसक चीनको सट्टा अन्यत्रै स्थानमा उत्पन्न भएको हुन सक्ने सक्ने चिनियाँ समाचार माध्यमले जनाएको छ । पिपुल्स डेलीले कोरोना भाइरस अन्यत्रबाट उत्पन्न भएको हुन सक्ने जनाएको हो ।

 

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय