scheduleआइतवार चैत्र २३ गते, २०७६

नेपाल ट्रष्टको जग्गामा नियतबश मेरो नाम जोडियोः जनार्दन शर्मा

फाइल फोटो

काठमाडौं, १५ फागुन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व गृहमन्त्री जनार्दन शर्माले नेपाल ट्रष्टको नाममा रहेका जग्गाहरूसँग आफ्नो नाम जोडिएको प्रति आपत्ति जनाएका छन् ।

बिहीबार प्रतिनिधिसभा संसदको विशेष समयमा बोल्दै पूर्वमन्त्री शर्माले नेपाल ट्रष्टको नाममा रहेका जग्गाहरु विभिन्न समूहलाई भाडामा दिने सम्बन्धमा आफ्नो संलग्नता रहेको भन्दै सरकारले श्वेतपत्र नै जारी गरेकोप्रति आपत्ति जनाएका हुन् ।

‘सरकारले २ दिनअघि श्वेतपत्र जारी गर्यो । श्वेतपत्र भनेको के हो मलाई थाहा छैन । सायद कुनै विषयमा जस्ताको तस्तै कुरा जनताको सामु ल्याउने कुरालाई स्वेतपत्र भन्छ जस्तो मलाई लाग्छ’, शर्माले भने,  ‘मैले मिडियाबाट थाहा पाएँ कि फलाना–फलानाहरु पनि जग्गा बेच्न लागे, लिजमा दिन लागे भनेर लेखियो । पढिसकेपछि तथ्य के होला भनेर खोज्नका लागि म नेपाल ट्रष्टको कार्यालयमा गएँ ।’

Dish_Home

‘ट्रष्टको कार्यालयमा माइन्युटमा के लेखिएको छ भनेर मैले हेर्न मागे । तर मलाई माइन्युट हेर्न दिइएन । निवेदन दिएर हेर्न पाउँ भन्दा पनि ताल्चा लगाइएको छ भन्दै मलाई हेर्न दिइएन । मैले त्यहाँका कर्मचारी साथीहरुसँग सोधेँ । मेरो नाम पनि आयो । म ट्रष्टको कार्यालयमा गृहमन्त्री हुँदा कहिले पनि पसेको थिइन । आज त आएँ । तर कसरी आयो मेरो नाम भनेर सोधेँ’, शर्माले थपे ।

‘कर्मचारीले त हामीले त उहाँको नाम छैन । उहाँले मिटिङ गर्नुभएको छैन भनेर भनेका थियौँ । उहाँको पालमा कुनै निर्णय भएको छैन भनेर भनेका थियौं भनेर भने । मैले यो कुरा मुख्य सचिवलाई पनि सोधेँ । मुख्य सचिवज्यू यो नाम कसरी लेखियो त । मैले त त्यस्तो कुनै निर्णयमा हस्ताक्षर गरेको जस्तो पनि लाग्दैन, त्यतिबेला गृह मन्त्रालयको सचिव त तपाईँ नै हुनुहुन्थ्यो । कतै झुक्किएर हस्ताक्षर पो गरिएछ कि भनेर सोधें । उहाँले यो सबै झूटा हो, हजुरको पालामा पनि भएन र अन्य माननीयको पालामा नि भएन भनेर उहाँले भन्नुभयो । अनि म आश्चर्यमा परें कि यो श्वेतपत्र हो कि अश्येत पत्र हो ?’

भ्रष्टाचार र अनियमितताविरुद्ध बोलेको कारण आफ्नो नाम नियतबश पारिएको पनि शर्माको भनाइ थियो ।

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय