scheduleबिहिवार चैत्र २७ गते, २०७६

बानेश्वरमा बेहुली कुराएका ‘बेहुला’ पक्राउ

काठमाडाैं, १५ फागुन ।  राजधानीमा आयोजित एउटा विवाहमा दुलाहा नआएपछि हल्लीखल्ली मच्चिएको थियो  । काठमाडौँको बानेश्वरमा आयोजित उक्त विवाह समारोहमा १२ बजे आउने भनिएको जन्ती नै नआएपछि केटी पक्षले प्रहरीलाई उजुरी गरेको थियो ।

बुधबार साँझ पोखरा विमानस्थलबाट चार हजार अवैध अमेरिकी डलरसहित आश्रय भनिने साहिल बस्नेत पक्राउ परे।

Dish_Home

‘केटी पक्ष विवाहको लागी तयार भएर बसेका थिए तर केटा आएन,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले भने,’पछि पोखरा भागेको रहेछ विमानस्थलबाट पक्राउ गर्‍यौं।’

तिनै साहिलले आफूलाई आश्रय बस्नेत भन्दा रहेछन्।

‘आफ्नो, बुबाको हजुरआमाको सबै कुरा ढाँटेको रहेछ,’ डिएसपी बोगटीले भने,’उसले सिनामंगलमा देखाएको घर पनि कोठामात्रै रहेछ।’

प्रहरीले उनीमाथि अपराधिक विश्वासघात तथा ठगी गरेको भन्दै मुद्दामा जाहेरी लिएर अनुसन्धान थालेको छ।

अवैध रकम सहित भेटाएको हुँदा उनलाई बुटवलको राजश्व विभागमा बुझाएको बानेश्वर वृत्तका डिएसपी दुर्गा रेग्मीले बताए।

उनका अनुसार साहिललाई काठमाडौं ल्याएर म्याद थप गरी अनुसन्धान गरिनेछ।

आफूलाई इञ्जिनियर बताउने आश्रेय वस्नेतले आफ्नो घर सिनामंगल भएको र आफू डाक्टरको छोरा भएको बताएका थिए । १५ दिनअघि उनीहरुको टिकाटालो पनि भएको थियो । टिकाटालोमा केटी पक्षले केटापक्षलाई चार तोला सुनको गहना पनि दिएको थियो ।

प्रहरीलाई उजुरी गरेपछि प्रहरी वस्नेत बस्ने भनिएको घर पुग्दा उनी डेरमा बस्ने रहेछन्, कोठामा पनि ताला लागेको थियो । केटापक्षले हजुरआमा भनेर चिनाएकी मान्छे पनि फेला परिनन् । कार्डमा दिइएको केटाको बाबु–आमाको नाम पनि नक्कली रहेको खुल्यो । केटाको वास्तविक नाम पनि साहिल बस्नेत रहेछ ।

काठमाडौँमा नभेटिएका बस्नेत अन्ततः पोखरा विमानस्थलमा भेटिए । उनको साथबाट सेत नखुलेको चार हजार अमेरिकी डलर पनि फेला परेको छ ।

 

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय