scheduleबिहिवार चैत्र २० गते, २०७६

कोरोना भाइरसः मार्च महिनाभर जापानका सबै विद्यालय बन्द गरिने

एजेन्सी, १५ फागुन । कोरोना भाइरस थप फैलिने खतरा उत्पन्न भएपछि जापानका सबै विद्यालय एक महिनासम्म बन्द गरिने तयारी भइरहेको छ ।

बिहीबार प्रधानमन्त्री सिन्जो आवेले आधारभूतदेखि माध्यमिक तहका सबै विद्यालयहरू एक महिनाका लागि बन्द गर्ने बताएका हुन् । मार्च २ गतेदेखि मार्चको अन्त्यसम्म १ महिलाका लागि विद्यालय बन्द गर्न निर्देशन दिने आवेको भनाइ थियो ।

Dish_Home

कोरोना भाइरसलाई नियन्त्रण गर्न गठित कार्यदलको बैठकमा बोल्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

जापानको ओसाका शहरका किन्डरगार्टेन, जुनियर तथा हाइ स्कुलहरू फेब्रुअरीदेखि मार्च १३ सम्म बन्द गरिने निर्णय भइसकेको छ । कोरोना भाइरसलाई नियन्त्रण गर्न उक्त कदम चालिएको ओसाकाका अधिकारीहरूले बताएका छन् ।

गत डिसेम्बरमा चीनको वुहानमा देखा परेको कोरोना भाइरस पछिल्लो समय विश्वभर फैलिएको छ । युरोप, मध्यपूर्व तथा विश्वका अन्य क्षेत्रमा भाइरस फैलिएको छ ।

कोभिड-१९ पनि भनिने कोरोना भाइरसबाट चीनमा मात्रै २७ सय ४४ जनाको ज्यान गइसकेको छ । हङकङमा २ जना र ताइवानमा १ जनाको मृत्यु भएको छ ।

भाइरसबाट चीनमा ७८ हजार ६ ३० जना संक्रमित भएको र ३२ हजार ४ सय ९५ जना उपचारपछि निको भएको चिनियाँ अधिकारीहरूले बताएका छन् ।

चीनबाहेक अन्य मुलुकमा पनि कोरोना भाइरस फैलिएको छ । नयाँ भाइरस अन्टार्टिकाबाहेक सबै महादेशमा फैलिएको छ । हालसम्म चीनबाहिर ३ हजार मानिस संक्रमित बनेका छन् भने ५१ जनाले ज्यान गुमाइसकेका छन् ।

कोरोना भाइरसबाट चीनपछि सबैभन्दा बढी संक्रमित दक्षिण कोरियामा भेटिएका  छन् । पछिल्लो जानकारी अनुसार दक्षिण कोरियामा १५ सय ९५ जना भाइरसबाट संक्रमित भएका छन् । संक्रमित हुनेको संख्या बढेपछि त्यहाँ उच्च सतर्कता अपनाइएको छ ।

त्यस्तै कोरोना भाइरसबाट चीनपछि सबैभन्दा बढी इरानमा मृत्यु भएको छ । हालसम्म इरानमा १९ जनाले ज्यान गुमाइसकेका छन् । इरानी उप स्वास्थ्यमन्त्रीसहित १३९ जना भाइरसबाट संक्रमित भएका छन् ।

युरोपमा पनि कोरोना भाइरस फैलिएको छ । भाइरसको सबैभन्दा बढी मारमा इटली परेको छ । इटलीमा १२ जनाको ज्यान गइसकेको छ भने ३७४ जना संक्रमित भएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय