scheduleशुक्रवार आषाढ़ २६ गते, २०७७

गोकुलको बचाऊ गर्दै ओलीले भने- हामी भ्रष्टाचार दूरबिन लगाएर हेरिरहेका छौं

काठमाडौं, १५ फागुन । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीले पार्टी प्रशिक्षणमा भ्रष्टाचारको आरोप लागेका पूर्वमन्त्री गोकुल बाँस्कोटाको बचाऊ गरेका छन् ।

विहीबार काठमाडौंमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा उनले भने, ‘आफ्नो नाममा बात लागेको हुनाले राजीनामा गरेको सम्म हो । अनि भ्रष्टाचार गरेको प्रमाणित भए झै गरेर त्यसमा कस्सिनुपर्ने केही पनि छैन ।’

उनले सरकारले कहाँ भ्रष्टाचार भएको छ भनेर दुर्बिन लगाएर हेरिरहेको बताए । ‘हामी मसिनो गरी दुर्बिन लगाएर बाइनाकुलर र लेन्स लगाएर हेरिरहेका छौं कहाँनेर भ्रष्टाचार हुनसक्छ,’ उनले भने ।

गोकुलको बचाऊ गर्दै ओलीले के भने ?

स्वीसको प्रतिनिधि होइन भनेर स्वीस दूतावासले भनिसक्यो । सरकारको पनि प्रतिनिधि होइन । कम्पनीको पनि प्रतिनिधि होइन । फ्रड हो भनेर स्वीस दूतावासले भनिसक्यो । यसको कुनै सत्यता पुष्टि भएको छैन ।

आफ्नो नाममा बात लागेको हुनाले राजीनामा गरेको सम्म हो । अनि भ्रष्टाचार गरेको प्रमाणित भए झै गरेर त्यसमा कस्सिनुपर्ने केही पनि छैन । यदि उहाँको दोष रहेछ भने उहाँले दोषअनुसारको सजायँ भोग्नुहुन्छ । त्यो छँदैछ ।

 

अनि जब दोष प्रमाणित नहुँदै खेरि आरोप पनि छैन, मुद्दा पनि चलेको छैन । केही पनि भएको छैन भनेर मैले सुनेँ । मेरो पनि नाममा उजुरी हालेको छ भन्ने अखबारमा देख्याथेँ । मेरो नाममा पनि उजुरी हालेको छ भने त्यो उजुरी काम नलाग्ने पत्रु उजुरी हो भन्ने स्वतः छ । त्यसको केही काम छैन । त्यो भ्रष्ट उजुरी हो ।

अब हामीले गर्नुपर्ने अहिले हामी सुशासनको पक्षमा, स्वच्छताको पक्षमा काम गरिरहेका छौं । सरकारी जमिनहरु फिर्ता लिने कामहरु, भ्रष्टाचारीहरुमाथि कारबाही गर्ने कामहरु, गिरफ्तार गर्ने कामहरु, मुद्दा चलाउने कामहरु, अख्तियार इतिहासमा पहिलेभन्दा बढी भ्रष्टाचारीहरुलाई गिरफ्तार गरिरहेको छ, १२/१५ अगाडिदेखिका ठूलाठूला भ्रष्टाचारका काण्डहरु निस्किएका छन् र त्यसमा मुद्दा चलेका छन् । अदालतको कठघरामा उभिएका छन् । अगाडिदेखिका ।

 

अरु पार्टीहरु मुद्दा चल्यो आफ्ना नेताहरुलाई भने सदन अवरुद्ध गर्छन् । माइतीघर मण्डलामा उफ्रन जान्छन् । हाम्रो साथीहरु कसैले झूटो आरोप पनि लगायो भने अहा क्या मज्जा, आरोप लगायो नि भनेर … ! त्यो गर्नुपर्ने के जरुरी छ । खुसी हुनुपर्ने नाँच्नुपर्ने किन ? मैले भनेको छु भ्रष्ट भेटियो भने भ्रष्टाचार कतै देखियो भने अनुहार नहेरिकन कारबाही गर्छु भनेर । अनुहार नहेरी कारबाही गर्छु । ऐया आत्था कसैले नगर्नु होला ।

हामी सुशासनको पक्षमा छौं । त्यो व्यवहारमा देखिएको छ । अहिले प्रहरीलाई नै गिरफ्तार गरिएको छ । तपाईंहरुले अखबारमा पढ्नु । प्रहरीहरुको एउटा टोली नै गिरफ्तार गरिएको छ । हामी मसिनो गरी दुर्बिन लगाएर बाइनाकुलर र लेन्स लगाएर हेरिरहेका छौं कहाँनेर भ्रष्टाचार हुनसक्छ ।

कसैले ल्याएर मझेरीमा लुकाएका सुन पनि निकालेका छौं । जंगलमा लुकाएर सुन पनि निकालेका छौं । ओढारमा फालेका सुन पनि निकालेका छौं ।

 

यो पनि-

केही दिनमा किड्नी फेर्छु, ५ दिन आराम गर्छु, छैटौं दिनमा काममा फर्कन्छुः प्रम ओली

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय