scheduleशनिवार चैत्र २२ गते, २०७६

कोरोना भाइरसबारे जानकारी दिनेलाई पुरस्कारको व्यवस्था

एजेन्सी, १५ फागुन । कोभिड-१९ पनि भनिने कोरोना भाइरसबाट चीनमा २७ सय ४४ जनाको ज्यान गइसकेको छ । ‍

नयाँ भाइरसबाट चीनमा ७८ हजार ६ ३० जना संक्रमित भएको र ३२ हजार ४ सय ९५ जना उपचारपछि निको भएको चिनियाँ अधिकारीहरूले बताएका छन् ।

Dish_Home

यता चीनकै एक सहरमा भने कोभिड-१९ नियन्त्रण गर्न भन्दै पुरस्कारसहितको एक योजना सुरु गरिएको छ । हुबेइ प्रान्तको  मध्य भागमा रहेको कियाङजियाङ शहरमा पुरस्कारसहितको योजना सुरु गरिएको हो ।

बिहीबार कियाङजियाङ सहरको रोग नियन्त्रण टोलीले सूचनामार्फत् नयाँ योजना सुरु गरिएको जानकारी दिएको छ । कोरोना भाइरसको कुनै लक्षण देखिनेबित्तिकै अधिकारीहरूसमक्ष खबर गर्न मानिसहरू प्रोत्साहित गर्न भन्दै उक्त कदम चालिएको सूचनामा उल्लेख छ ।

नयाँ भाइरसको संक्रमणबाट ज्यान गुमाउनको संख्या बढ्दै गएपछि कियाङजियाङका अधिकारीहरूले नयाँ योजना अपनाएको समाचारमा जनाइएको छ ।

उक्त योजना अनुसार भाइरसको कुनै लक्षण देखा पर्नेबित्तिकै अधिकारीहरूलाई खबर गर्ने व्यक्तिहरुले उपहार स्वरुप पैसा पाउने छन् । यदि अधिकारीलाई खबर गरेका व्यक्तिमा संक्रमण देखिएमा उक्त व्यक्तिलाई १० हजार युयान (१ लाख ६३ हजार रुपैया) दिइने छ ।

त्यस्तै संक्रमण भएको भनेर पूर्ण रुपमा पुष्टि गर्न नसकिने व्यक्तिलाई १ हजार युयान र संक्रमणको आशंका भएकालाई २ हजार युयान दिने व्यवस्था गरिएको छ ।

नयाँ योजना मार्च २ गतेसम्म लागू हुने पनि स्थानीय अधिकारीहरूले बताएका छन् । कियाङजियाङ सहर सुरुमा कोरोना भाइरस देखा परेको वुहानबाट १५० किलोमिटर टाढा पर्छ । उक्त सहरमा पनि गत महिना आवतजावत र यात्रामा प्रतिबन्ध लगाइएको थियो ।

 

 

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय