scheduleबिहिवार चैत्र २० गते, २०७६

दिल्ली हिंसाः केजरीवालद्वारा पत्रकार सम्मेलन, मृतकका परिवारलाई १६ लाख दिने घोषणा

एजेन्सी, १५ फागुन । दिल्लीमा भएको साम्प्रदायिक हिंसापछि मुख्यमन्त्री अरविन्द केजरीवालले बिहीरबार पत्रकार सम्मेलन गरेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री केजरीवालले साम्प्रदायिक हिंसाबाट हिन्दू र मुसलमान सबैको नोक्सान भएको बताए । साथै उनले हिंसामा परी ज्यान गुमाउनेका परिवार र घाइतेका लागि राहत तथा सहयोग उपलब्ध गराउने पनि जानकारी गराए ।

Dish_Home

केजरीवालले घाइतेको निःशुल्क उपचार भइरहेको र मृतकका परिवारलाई १०/१० लाख भा रु (१६ लाख नेपाली) दिने पनि बताएका छन् । नाबालिग गुमाएका परिवारलाई ५/५ लाख भारु दिने पनि केजरीवालको भनाइ थियो ।

त्यस्तै मुख्यमन्त्री केजरीवालले घाइतेहरूलाई २०/२० हजार भारु दिने घोषणा गरेका छ्न । हिंसामा रिक्सा जलेका व्यक्तिलाई २५ हजार, इ रिक्सा जलेका व्यक्तिलाई ५० हजार, घर र पसल जलेका व्यक्तिलाई ५/५ लाख रुपैया क्षतिपूर्ति दिने पनि उनले बताए ।

साथै पशुधन गुमाएकाहरूलाई प्रति पशु ५ हजार दिने र आधार कार्ड, भोटर कार्ड जलेकाले नयाँ कार्ड पाउने पनि उनले बताए । साथै हिंसाग्रस्त क्षेत्रमा शिबिर खडा गरिने र हिंसा पीडितलाई निःशुल्क खानाको व्यवस्था गर्ने पनि केजरीवालले जानकारी गराए ।

दिल्ली सरकारले पीडिका लागि सक्ने जति सबै कार्यहरू गरिरहेको पनि केजरीवालको भनाइ छ । यता आम आदमी पार्टीका पार्षद ताहिर हुसैनबारे सोधिएको प्रश्नमा उनले हिंसामा राजनीति मिसाउन नहुने बताए । तर दोषी जो सुकै भएपनि कारबाही हुनुपर्ने केजरीवालको भनाइ थियो ।

दिल्लीको चाँदबागस्थित हुसैनको घरको छतमा ढुङ्गा, इट्टा, गुलेली र पेट्रोल बम फेला परेको भिडियो सार्वजनिक भएपछि आम आदमी पार्टी दबाबमा परेको छ । उक्त भिडियो बाहिरिएपछि हुसैनमाथि हिंसा भड्काएको आरोप लागेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय