scheduleआइतवार चैत्र २३ गते, २०७६

ओलीले बिर्सिएको मार्क्सको कथा

नेकपाभित्रको गुटबन्दी र अन्तरबिरोध हेर्दा कुनै पनि बेला आन्तरिक दुर्घटना हुन सक्ने देखिन्छ ।

माओवाद छाडे पनि माओवादी चेत प्रचण्डहरुमा छ । माओवादी ज्ञान चेतले अन्तरविरोधमा खेल्न सिकाउँछ । वस्तुभित्र निहित प्रधान र सहायक अन्तरविरोध खुट्याउन सिकाउँछ । प्रधान दुश्मनसँग लड्न सहायक दुश्मनहरुसँग अस्थायी मित्रता कायम गर्ने वा त्यसलाई ‘न्युट्रलाइज’ गर्न सिकाउँछ । दुवै हातले एकैचोटि प्रहार गर्न सिकाउँदैन । एक हात प्रहार गर्दा अर्को हात प्रतिरक्षाको लागि तयार राख्न सिकाउँछ ।

सत्ताको उन्मादले अन्तरबिरोधको उल्लेखित नियमलाई इन्कार गर्छ । सर्वसत्तावादको भूत शयर भएपछि सबैलाई भयानक दुश्मन देखिन्छ । मित्रताको घेरा चौंडा पार्नु पर्नेमा दुश्मनको घेरा फराकियो पार्दै लग्छ ।

Dish_Home

राजा ज्ञानेन्द्रले जुन कमजोरी गरे आज केपी ओलीले पनि त्यही गर्दैछन् । माधव नेपाललाई निमिट्यान्न पार्न खोजे । झलनाथलाई मेटाउन खोजे । वामदेवलाई सिध्याउन खोजे । हुँदा हुँदा पत्रकार, लेखक र सोसियल मिडियालाई दुश्मन देख्न थालेका छन् । जजसले आलोचना गर्छन्, सबका सब दुश्मन देख्न थालिएको छ ।

आलोचक र समर्थकको बारे मार्क्सले भोगेको कथा स्वयम् प्रधानमन्त्रीको लागि पनि शिक्षाप्रद हुन सक्छ ।

बुद्धि तामाङ

मार्क्सका दुईजना साथी थिए । एकजना आलोचक र अर्का समर्थक । एउटाले हरेक कुरामा अन्ध समर्थन गर्थ्यो, अर्कोले आलोचना ।

आलोचना गर्नेले के थाहा पाए भने समर्थकवाला साथीले मार्क्सलाई मार्ने योजना बनाउँदै छ । मार्क्सलाई त्यो कुरा सुनाए तर मार्क्सले पत्याएनन् ।

मार्क्स एक्लै एकान्त जङ्गलको बाटो जाँदै थिए । त्यो कुरा आलोचकवालाले देखे । उसले सोच्यो मार्क्सको जीवन खतरामा छ । उक्त मानिस मार्क्सको पछिपछि लाग्यो । एकान्त ठाउँमा पुग्नसाथ मार्क्समाथि हमला गर्न खोजियो ।

उक्त समर्थकवालाको हमलालाई आलोचकवालाले निस्तेज पारी दिए र मार्क्सलाई बचाए ।

त्यसैले आलोचना गर्ने सबै मानिस दुश्मन हुँदैनन् । कति मानिसहरुको बानी देखेको कुरा नलुकाई भन्ने हुन्छ । हक्की हुन्छन्, चाकडी गर्न जान्दैनन् । अर्काथरी मानिसहरु चाकडी गर्न सिपालु हुन्छन् । आफ्नो स्वार्थ पूरा गर्न चाकडी गर्छन् । अन्ध समर्थन गर्छन् ।

ओलीले दुश्मनको घेरा फराकिलो बनाइरहँदा यसपटक पनि सधैंझैं प्रधानमन्त्रीको चिट प्रचण्डको खल्तीमा भई नै रहने देखियो केहि समयको लागि !
पाँच/छ जनालाई त बनाइ सकेका छन् । अब पालो वामदेवको हो कि ?

प्रधानमन्त्री बनाउने मेसिनको चाबी आफ्नै हातमा छ भने कमसेकम देश बनाउने प्रधानमन्त्री बनाउनुपर्‍यो । बरु परेको हामी जनताले ब्यहोर्छौं । जहिले पनि भाइ भारदार मात्र हेर्ने प्रधानमन्त्री बनाउनु भएन मेरो भूतपूर्व सुप्रिमो !

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय