scheduleबिहिवार चैत्र २० गते, २०७६

नुन कति खाने ?


भनिन्छ, धेरै खायो भने चिनी पनि तितो हुन्छ । यो कुरा चिनीमा जस्तै नुनमा पनि लागू हुन्छ । हामी सबैलाई थाहा छ- नुन सबैका लागि अनिवार्य खाद्यपदार्थ हो ।

यो स्वादका लागि मात्र नभएर स्वास्थ्यका लागि पनि उत्तिकै आवश्यक छ । तर, यसको मात्रा बढी लिएमा भने स्वास्थ्यमा हानि पुग्छ ।

शरीरमा नुनको मात्रा बढी भएमा कैयौँ शारीरिक समस्या निम्तिने गर्छ । शरीरमा पानीको कमी हुने, निश्चित अंगमा पानी जम्मा हुने, शरीर सुन्निनेजस्ता समस्या हुन्छ, जसलाई ‘वाटर रिटक्सन’ पनि भन्ने गरिन्छ । नुनको अत्यधिक प्रयोग गर्दा मिर्गौलामा पत्थरी हुनसक्छ । उच्च रक्तचाप, मुटुमा समस्या, पेटमा अल्सर, धमनीमा क्षतिलगायतका गम्भीर समस्यासमेत नुनको बढी प्रयोगबाट हुनसक्छ ।
यी हुन नुनको मात्रा घटाउने तरिका-
– खानाका सकेजति कम नुन प्रयोग गर्ने । सकेसम्म खानामा नुनको मात्रा कम गर्ने ।
– नुन छर्केर खाने बानी हटाउने । यो बानी स्वास्थ्यका लागि लाभदायक मानिन्न ।
– नुनको मात्रा अधिक प्रयोग गरिएका फास्टफुड र जंकफुड खानेबानी नियन्त्रण गरे ।
– घरमै बनाएको खानामा जोड दिने । यस्ता खानामा धनियाँ, खुर्सानी, जायफल, अदुवालाई मिश्रण गर्ने, जसले कम नुन खान बानी बसाउन सक्छ ।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय