scheduleशुक्रवार आश्विन १ गते, २०७८

ग्रीक प्रहरी र आप्रवासीबीच टर्कीको सीमानामा झडप

एजेन्सी, १७ फागुन । ग्रीक प्रहरी र आप्रवासीबीच टर्कीको सीमावर्ती क्षेत्रमा झडप भएको छ ।

युरोप प्रवेश गर्न भन्दै टर्कीको पश्चिमी प्रान्त इडिर्नीस्थित ग्रीसको सीमाना नजिकै जम्मा भएका आप्रवासी र ग्रीक प्रहरीबीच झडप भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

आप्रवासीसँगको झडपका क्रममा ग्रीक प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो भनेर आप्रवासीहरूले ढुङ्गा बर्साएका थिए । टर्कीले युरोप प्रवेश गर्न चाहने आप्रवासीलाई नरोक्ने भनेपछि उक्त झडप भएको हो ।

ग्रीसको स्काइ टिभिले आप्रवासीमाथि प्रहरीले अश्रग्यास प्रहार गरेका तस्बिर सार्वजनिक गरेको छ । ती तस्बिरमा टर्कीको सीमानाबाट ग्रीक प्रहरीमाथि ढुंङ्गा प्रहार गरेको देख्न सकिन्छ ।

टर्कीले उत्तरी सिरियामा आफ्ना ३३ जना सैनिक मारिएपछि आप्रवासीलाई नरोक्ने चेतावनी दिइसकेको छ । उक्त चेतावनीपछि ग्रीस र बुल्गेरियाले आफ्नो सीमानामा कडाइ गरेका छन् ।

 

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय