scheduleआइतवार चैत्र २३ गते, २०७६

कुकुरको ज्यान जोगाउँदा सेनाका मेजर जलेर मरे


श्रीनगर, १८ फागुन । जम्मू-कश्मिरमा आगोको घेरामा फसेको एक कुकुरलाई बचाउन सेनाका मेजरले आफ्नो ज्यान दाउमा लगाएका छन् । योक्रममा आफ्नो कुकुरको जीवन बचाउनेक्रममा ती सैनिक जवानको शरीर जलेको छ । उनको घटनास्थलमै मृत्यू भएको छ ।

सेनाका ती अधिकारीको कदमले हरेक मानिसको आँखा रसाएको छ ।

बारामुला जिल्लाको गुलमर्ग क्षेत्रमा आफ्नो कुकुरलाई आगोबाट बचाउनेक्रममा सेनाका ती अधिकारकी मृत्यू भएको हो । एक प्रहरी अधिकारीका अनुसार शनिबार राति उनको घरमा आगो लागेको थियो । एसएसटीसीमा कोर सिग्नलमा सम्बद्ध मेजर अंकित बुद्धराजले आफ्नो पत्नी र एक कुकुरलाई घरबाट सुरक्षित बाहिर निकाले । लगत्तै अर्को कुकुरलाई बचाउन आगोको घेराभित्र पस्दा उनी झण्डै ९० प्रतिशत जले र उनको घटनास्थलमै मृत्यू भयो ।

Dish_Home

दमकलकर्मीका अनुसार स्थानीय प्रहरीको मद्दतबाट आगोमाथि नियन्त्रण लिगिएको छ । सेनाका अधिकारकी शव चिकित्सकीय कानुनी औपचारिकताका लागि उपजिल्ला अस्पतालमा पठाइएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय