scheduleआइतवार चैत्र २३ गते, २०७६

ज्योतिष र हात हेर्ने काम राज्यले बन्द गर्नुपर्छ

रामकुमारी झाँक्री

समाजमा विषाक्त प्रकारका कुरीति र कुप्रथाहरु छन् । यी कुप्रथाहरु हिजोभन्दा आज अझ धेरै बढेर गएका छन् । जस्तो- बोक्सा, बोक्सी, दाइजो, एसिड प्रहार लगायतका यी जति पनि विषयवस्तु छन्, आज झन धेरै बढोत्तरी भइरहेको छ । हामीले कानून पनि बनाएका छौं । राज्यका संरचनाहरु पनि छन् । तर पनि यस्ता कुरीति कुप्रथाहरुले बढोत्तरी किन पायो ? भन्ने सन्दर्भमा अलि धेरै समीक्षा गर्नुपर्छ कि? जस्तो लाग्छ ।

रामकुमारी झाँक्री

हामीले दाइजोप्रजा उन्मुलन गर्ने कानून बनायौं । तर आज पनि हामी दाइजोजस्तै गरी बिहेबारी गर्ने होडबाजी गरिरहेका छन् । त्यसलाई कुनै पनि कानूनले बारबन्देज लगाउँदैन । उदाहरणको लागि- काठमाडौंको राज्यसंयन्त्रको नाकै मूनि आर्मी अफिसर क्लब होस् वा त्यसका वरपर हुने बिहेबारीमा हामीजस्तै ठूलठूला सार्वजनिक पदधारीहरुले गर्ने भोजभतेरमा हामी कयौंपटक गएका छौं । त्यहाँ हामीले प्रश्न उठाउँदैनौं र सहर्ष महंगा निमन्त्रणा कार्ड स्वीकार गर्दै जान्छौं नि, त्यतिबेलासम्म यी समस्याहरु ज्यूँका त्यूँ रहन्छ भनेर बुझ्नुपर्छ ।

दोस्रोकुरा, कानून बनायौं तर, प्रभावकारी कार्यान्वयन किन भएन भन्दा त्यो कानून नै हामीले सही बनाएनौं कि ? भनेर समीक्षा गरौं । उदाहरणको लागि हामीले महिलाले पैत्रिक सम्पत्तिमा अंश पाउनका लागि एउटा कानून संशोधन गरौं । मुलुकी ऐनको ११ संशोधन पहिलोचोटि संशोधन भयो र त्यसले के व्यवस्था गर्‍यो विवाहपछि त्यो सम्पत्ति महिलाले फिर्ता गर्ने प्रावधान राखियो । आज धेरैपटक यी छलफलहरु भइरहँदा विवाह पछि पनि उपयोग गर्ने भन्ने कुरा त गरियो, तर विवाहबारी पछि कानून परिवर्तन गर्नुपर्ने थियो तर, सम्पत्तिसम्बन्धिको त्यो अंशबण्डाको महलमा परिवर्तन होइन । जब बिहेबारी पछि पनि छोरीहरुको गोत्र परिवर्तन हुँदैन, धर्म परिवर्तन हुँदैन, जात परिवर्तन हुँदैन आदिइत्यादि परिवर्तन हुँदैन भन्ने कुरा हामीले विवाहसम्बन्धि कानून परिवर्तन गरेको भए यतातिर हामी अंशको भागिदार बन्ने थियौं होला ।

Dish_Home

त्यसकारण कानून बनाउँदै गर्दा समाजमा हामीले यथेष्ट परामर्श, यथेष्ट अनुसन्धान र यसको प्रभावकारिताबारे छलफल नगर्ने र हठात्मा कानून आउने हुँदा रचनात्मक हिसाबले कानून लागू नहुने कुराले गर्दा हामीले जति कानून बनाए पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएको अवस्था छ । त्यसकारण यसतर्फ पनि हामीले विचार गर्नेपो हो कि ?

हामीले बनाएका कानून कस्ता छन् ? र त्यो कानून कार्यान्वयनको सन्दर्भमा के समस्या आए भन्ने कुरालाई हेक्का पो राख्ने हो कि ? भन्ने कुरा म स्मरण गराउन चाहन्छु ।

एक्काइशौं शताब्दीको समाजमा पनि महिलामाथि किन यस्तो भयो भन्ने कुरा गरिरहँदा शताब्दीले या समयले समानतालाई प्रत्याभूत गर्दैन । आजको समाज भनेको झनै असमानतामा आधारित समाज हो । त्यहाँ सबैभन्दा कमजोरहरुमाथि सबैभन्दा ज्यादा थिचोमिचो हुन्छ भन्ने कुरा ध्यानमा राखौं । एक्काइसौं शताब्दी मुलतः पुँजीवादी समाज हो र यो समाजमा सबैकुरा नाफा आर्जन गर्ने अथवा वस्तुकरण गर्ने विषयसँग जोडिएको छ । आज बोक्साबोक्सी यी सबै कुरा धर्म, ज्योतिषशास्त्र यी सबै नाफा कमाउने वस्तुसँग जोडिएको कारणले गर्दा समाजमा प्रश्रय पाइरहेका छन् ।

त्यसकारण, राज्यले जब ज्योतिष, हातहेर्ने, जोखाना हेर्नेदेखि यी सबै माता आदिइत्यादि जस्ता कुराहरु जो नाफा आर्जन गर्नका लागि समाजले प्रोत्साहन गरिरहेको छ । जीविकोपार्जनका लागि प्रोत्साहन गरेको छ । यस्ता कुराहरुमा बन्देज नलगाग्दासम्म ती मान्छेहरुले प्रक्षेपण गर्ने बोक्का र बोक्सी हुन्, यो प्रथाको अन्त्य हुँदैन । त्यसकारण यता ध्यान दिऊँ । यता हेक्का राखौं भन्नेकुरा म ध्यानाकर्षण गर्न चाहन्छु ।

(सांसद बिन्दा पाण्डेद्वारा संसदमा दर्ता गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि आइतबार छलफलमा भाग लिनेक्रममा सांसद झाँक्रीले व्यक्त गरेको विचारको सम्पादित अंश)

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय