वुहानबाट उद्वार गरिएका १७५ जनामा कोरोना भाइरस देखिएन, आ-आफ्नो घर जाँदै
काठमाडौं, १९ फागुन । चीनको वुहानबाट उद्दार गरेर स्वदेश ल्याइएका १ सय ७५ जनामा कोरोना भाइरस देखिएको छैन ।
कोरोना परीक्षणको पूर्ण रिपोर्ट अनुसार वुहानबाट फर्किएका कसैमा पनि कोरोनाभाइरसको संक्रमण नदेखिएको हो । उनीहरू सबैलाई आजै घर पठाइने तयारी गरिएको छ ।
वुहानबाट ल्याएपछि १७५ जनालाई नै खरिपाटी क्वारेन्टाइनमा राखिएको थियो । गत शनिबार कोरोना परीक्षणको लागि सबैको घाँटी र नाकको र्यालको नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।
भक्तपुरको खरिपाटीमा १४ दिनको लागि क्वारेन्टाइनमा राखेर परीक्षण गरिएको र सोमबार परीक्षणको पूर्ण रिपोर्ट आएको हो । रिपोर्ट अनुसार सबै जना कोरोनामुक्त रहेका छ्न् ।
आइतबार मात्र वुहानमा नेपालीलाई उद्दार गर्न गएको जहाजको पाइलटसहित १८ सदस्यलाई नगरकोट क्वारेन्टाइनस्थलबाट घर पठाइएको थियो ।