scheduleशुक्रवार चैत्र २१ गते, २०७६

देउवाको चिन्ता- सुदूरपश्चिमको भाषा हराउन थाल्यो


कैलाली, २० फागुन । पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको भाषा हिजोआज हराउन थालेको बताएका छन् ।

सुदूरपश्चिमाञ्चल साहित्य समाजद्वारा आज धनगढीमा आयोजित ‘विश्व नेपाली साहित्य महोत्सव’ को समापन समारोहमा उहाँले हामी सबैमा आआफ्नो भाषा बोल चाल गर्ने बानी घटी सकेको बताउँदै यसलाई छोड्न नहुने धारणा व्यक्त गरेका हुन् ।

सभापति देउवाले भने, ‘अलिकति बैतडीका दाजुभाईले आफ्नो भाषा बोल्ने गरेको भए पनि अन्य जिल्लाकाले भने बोल्नै छाडी सकेका छन्, भाषा बोलचालबाटै हराउछ भने त्यो भाषा कति दिन टिक्न सक्छ ।’

Dish_Home

उनले नेपाली भाषाको उत्थान सुदूरपश्चिमबाट भएको हो भनेर धेरै विद्धानहरुले मानेको उल्लेख गरे । सभापति देउवाले भाषा, संस्कृतिको संरक्षणका लागि सबै एक जुट भएर लाग्नु जरुरी रहेको बताए । रासस

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय