scheduleशुक्रवार चैत्र २१ गते, २०७६

१५ वर्षको विद्यार्थीलाई शिक्षकले पिट्दा एउटा आँखाको ज्योति गुम्यो


नयाँ दिल्ली, २२ फागुन । विद्यार्थीले गल्ती गर्दा शिक्षकले सम्झाउनुपर्छ, बुझाउनुपर्छ । कहिलेकाँही एकदुई थप्पड लगाउने पनि गर्छन् ।

तर, भारतको चेन्नईका एक सरकारी विद्यालयमा शिक्षकले १५ वर्षीय विद्यार्थीलाई यति निर्मत ढंगले पिटे कि उनको एउटा आँखाको ज्योति नै गुमेको छ । ‘द न्यूज मिनट’मा प्रकाशित खबरका अनुसार शिक्षकले छात्रको टाउकोमा पिटेका हुन् ।

कार्तिक नाम गरेका विद्यार्थीको उपचार राजीव गान्धी अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । उनको गुमेको आँखाको ज्योति फिर्ता आउने अपेक्षा गरिएको छ ।

Dish_Home

यसरी घट्यो घटना
यो घटना एक महिना अगाडिको हो । ५ फेब्रुअरीमा मेडवक्कममा रहेको सरकारी माध्यम स्कूलमा भएको घटेको हो । शिक्षकले कक्षाकोठाभित्रै ती विद्यार्थीलाई स्केलले पिटेका हुन् ।

ती विद्यार्थी पछाडि बसेर कुरा गरिरहेका थिए । यही कारण उनले पिटाई खाएका हुन् । बेलुका घर फर्किएका कार्तिकले आमालाई डराई डराई घटनाबारे जानकारी दिए र उनी विद्यालय जान छाडे ।

बिस्तारै बच्चाको आँखा सुन्निएर रातो हुन थालेपछि विद्यार्थी रुन थालेका थिए । उनलाई अस्पताल लगियो । अस्पताल पुग्दासम्म उनको आँखाको ज्योति गुमिसकेको थियो ।

विद्यार्थीको परिवारले प्रहरीमा उजुरी दिएपनि प्रहरीले उजुरी दर्ता लिइनसकेको बताइएको छ । प्रहरीले शिक्षकसँग जानकारी लिइरहेको बताइएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय