scheduleबिहिवार चैत्र २० गते, २०७६

यसरी नुन पानीले नुहाउँदा हुन्छन् यस्ता फाइदाहरु

एजेन्सी । नुहाउन स्वास्थ र छाला दुवैको लागि राम्रो हुन्छ । अहिलेसम्म तपाई नुहाउने पानीमा फूल, गुलाबजल वा अन्य सौन्दर्यका प्रसाधन प्रयोग गर्नुहुन्छ होला तर के तपाईलाई थाहा छ नुहाउने पानीमा नुन राखेर नुहाँउदा धेरै फाइदा हुन्छ ।

नुन को पानीले नुहाउनाको एक ठूलो फाइदा यो हो कि हड्डीमा हुने हल्का फुल्का दुखाईबाट राहत मिल्छ र पछि गएर आर्थराइटिसको समस्याबाट पनि बच्न सकिन्छ ।

Dish_Home

नुनको पानी मिनरल्सबाट भरपुर हुन्छ र छालामा रौंको छिद्रसम्म पुगेर सफाइ गर्छ जसले छालामा इन्फेक्सनको खतरा हुँदैन् ।

नुनको पानीले नुहाउनाले छालामा कोषको विकास राम्रोसँग हुन्छ र यसले अनुहारको दाग, धब्बा, र चाँया हटाउनमा सकरात्मक असर गर्छ ।

तनावबाट बच्नको लागि हल्का मनतातो पानीमा नुन राखेर नुहाउनु धेरै नै फाइदाजनक हुन्छ । यसले मानसिक रोगको खतरा हुँदैन ।

नुन पानीले नुहाउनाले छाला आद्रता कायम राखेर सुख्खा हुन दिँदैन् साथै यसले मृत छाला साफ गर्छ र छाला सफा, चमकदार, नरम र गोरो बनाउन मद्धत गर्छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय