scheduleसोमवार चैत्र १७ गते, २०७६

सुदूरपश्चिमका उच्च लेकाली भेगमा हिमपात

अमरगढी, २४ फागुन । डडेल्धुरालयगायत सुदूरपश्चिम प्रदेशका उच्च लेकाली भेगमा हिमपात भएको छ । यस वर्ष डडेल्धुरामा छैटौँ पटक हिमपात भएको छ । बिहिबारदेखि निरन्तर वर्षासँगै भएको हिमपातका कारण चिसोले सुदूरपश्चिमका सातवटै पहाडी जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

हिमपातका कारण आज बिहानैदेखि डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ्ग, डोटी, अछाम र बाजुराको जनजीवन प्रभावित बनेको हो । आज बिहानदेखि डडेल्धुराको साहु खर्क, हगुल्टे र मेलखर्क बैतडीको खोडपे, डोटीको खप्तड, बझाङ्गको शिरिभाबर आज बिहानैदेखि निरन्तर हिमपात भइरहेको स्थानीयले बताएका छन् । रासस

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय